मधेशले १०१ केजीको माला पहिर्याएपछि भावुक बने प्रचण्ड

मधेशले १०१ केजीको माला पहिर्याएपछि भावुक बने प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार सर्लाही पुगे। बलरा नगरपालिका-८ स्थित जनता नमुना माविको नवनिर्मित भवन उद्घाटन उनी त्यहाँ पुगेका हुन्। 

त्यसक्रममा उनलाई कार्यकर्ताहरूले १०१ किलोको फुलको मालाले स्वागत गरे। 

उनलाई बलरा नगरपालिकाका मेयर रामाशङ्कर कुशवाहा र रामनगर गाउँपालिकाका अध्यक्ष मुराजाबाबु यादवले पालिकाका तर्फबाट १०१ किलोको फुलको माला लगाएर स्वागत गरेका थिए। अधक्ष्य प्रचण्डले १०१ केजीको माला पहिर्याउन साक्षी बनेर छेउमै नेताहरू महेन्द्र यादव, भरत साह र युवराज भट्टराई लगायत उपस्थित थिए। 

स्वभावैले भावुक प्रचण्ड लामो समयपछि १०१ केजीको मालामा सजिँदा भावुकसमेत बने। मधेशले दिएको सम्मान भन्दै उनले भावुकता प्रदर्शन गरे। 

त्यही भावावेषमा उनले आफूले मधेशका जनताप्रतिको जिम्मेवारीलाई नभुलेको दाबी गरे। 

मधेशका जनताको पक्षमा आफू निरन्तर प्रतिबद्ध भएर लाग्ने भन्दै उनले भने, 'पछिल्लो समय मधेशी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दछु।' 

२२ बैशाख, २०८१, २२:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।