मोहालीमा मुम्बईको सहज जित
काठमाडौं : इशान किसन र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ मा बुधबार पञ्जाब किंग्समाथि ५ विकेटको सहज जित निकालेको छ।
पञ्जाबको मोहालीमा जितका लागि २ सय १५ रनको लक्ष्य पाएको मुम्बईले चार विकेट गुमाएर १८.५ ओभरमै २ सय १६ रन बनायो।
उसका लागि इशानले ४१ बलमा ७५, सूर्यकुमारले ३१ बलमा ६६ रन बनाउँदा तिलक बर्मा अविजित रहँदै १० बलमा २६ रनको विस्फोटक पारी खेले।
पञ्जाबका न्याथन इलिसले दुई तथा अर्शदीप सिंह र ऋषि धवनले समान एक–एक विकेट लिए।
त्यसअघि पञ्जावले तीन विकेटमा २ सय १४ बनाएको थियो।
उसका लागि लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बनाउँदा जितेश शर्मा २७ बलमा ४९, शिखर धवन २० बलमा ३० र म्याथू सर्टले २६ बलमा २७ रनको योगदान दिए।
मुम्बईका पियुस चावलाले दुई तथा अरसद खानले एक विकेट लिए।
जितसँगै मुम्बई ९ खेलमा १० अंकसहित छैटौं स्थानमा रहँदा १० खेलमा १० अंकसहित पञ्जाब सातौं स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स हुँदा दोस्रो स्थानमा लखनऊ सुपर जाइन्ट्स छ।
२१ बैशाख, २०८०, ०८:१६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।