चेल्सी ब्राइटनसँग २-१ ले पराजित, नयाँ प्रशिक्षक लाम्पार्डले भोगे ९ दिनमा तेस्रो हार

चेल्सी ब्राइटनसँग २-१ ले पराजित, नयाँ प्रशिक्षक लाम्पार्डले भोगे ९ दिनमा तेस्रो हार

एजेन्सी : चेल्सी इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको छ।

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा नयाँ अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पर्डले गत ९ दिनमा तेस्रो हार भोगेका छन्।

गए राति भएको खेलको १३ औं मिनेटमा नै गलाघेरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर ४२ औं मिनेटमा ड्यानी वेलबेकले पाहुना टोलीको लागि बराबरी गोल फर्काए।

त्यसपछि ६९ औं मिनेटमा एन्सिसोले गोल गर्दै ब्राइटनको जित पक्का गरे भने चेल्सीले हार भोग्यो।

यो सिजन लिगमा खराब अवस्थामा रहेको चेल्सी हारपछि ३१ खेलबाट ३९ अंकसहित ११ औं स्थानमा छ।

३ बैशाख, २०८०, ०९:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।