पहिलो खेलमा ५ गोल खाएको नेपाल ओलम्पिक छनोटमा भियतनामसँग पुन: भिड्दै

पहिलो खेलमा ५ गोल खाएको नेपाल ओलम्पिक छनोटमा भियतनामसँग पुन: भिड्दै

काठमाडौं : पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको आफ्नो दोस्रो छनोट खेलमा नेपालले आज भियतनामको सामना गर्दैछ।

अर्को वर्ष आयोजना हुने ओलम्पिकको एसियन छनोट अन्तर्गतको यो पहिलो चरणको खेल हो। खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोलअन्तरले पराजित गरेको थियो।

यस छनोट समूहमा नेपाल र भियतनाम दुई टिम मात्र रहेका छन्। दुई खेलपछि समग्रमा विजेता हुने टिम दोस्रो चरणमा प्रवेश  गर्नेछ।

पहिलो खेलमै फराकिलो हार भोगेको नेपालको दोस्रो चरण पुग्ने सम्भावना न्यून छ।

२५ चैत, २०७९, ०७:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।