गहुँ खेतमा बलात्कार, एक युवक पक्राउ

गहुँ खेतमा बलात्कार, एक युवक पक्राउ

सिरहा : २५ वर्षीया महिलालाई गहुँखेतमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ हरीनगरका २८ वर्षीय प्रदिप साह रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

साहले ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका–२ तिनकुने चोकस्थित गहुँखेतमा बलात्कार गरेको उजुरी परेको ईलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

१४ चैत, २०७९, १४:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।