जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन्।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुनेछ।

जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

महाधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा लेखन भइरहेको प्रवक्ता सुमनले जानकारी दिए।

आजको बैठकमा ती प्रतिवेदनहरूमाथि समेत छलफल हुनेछ।

१४ बैशाख, २०८१, ०८:५४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।