बुटवल बहुमुखी क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन (चार तस्बिर)

बुटवल : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यस क्षेत्रकै पुरानो रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएको छ।
बिहान ८ बजेदेखि क्याम्पसको स्ववियु नेतृत्व छनोटका लागि मतदान भएको थियो। यस क्याम्पसमा निर्वाचनमा ६ वटा सङ्गठनले भाग लिएका थिए भने ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका थिए।
निर्वाचनमा विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदान गरेको निर्वाचन सदस्य सचिव प्राध्यापक खिललाल भट्टराईले जानकारी दिए।