सशस्त्र द्वन्द्वमा राज्य र विद्राेही पक्षबाट मारिएका ८३७१ जनालाई राष्ट्रिय शहीदको मान्यता

सशस्त्र द्वन्द्वमा राज्य र विद्राेही पक्षबाट मारिएका ८३७१ जनालाई राष्ट्रिय शहीदको मान्यता

काठमाडौं : सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट मारिएकालाई सरकारले शहीदको मान्यता दिएको छ।

फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्वदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म मारिएकाहरूको नामावली राजपत्रमा प्रकाशित गर्दै राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइ मारिएकाहरूको अभिलेख माग गरेको थियो।

७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

द्वन्द्वमा मारिएकाहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आए पनि पूरा हुन सकिरहेको थिएन।

राष्ट्रिय शहीदका परिवारले राज्यबाट क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने गर्छन्।

शहीदको सूची यहाँ क्लिक गरेर हेर्नुहाेस् ।

४ चैत, २०७९, १०:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।