सामसुङले खोल्यो एस२३ सिरिजको प्रि बुकिङ, नेपालमा कति पर्छ मूल्य?

सामसुङले खोल्यो एस२३ सिरिजको प्रि बुकिङ, नेपालमा कति पर्छ मूल्य?

काठमाडौं : सामसुङ नेपालले नेपालका लागि आफ्नो पछिल्लो फ्यागसिप फोन एस२३ सिरिजको प्रिबुकिङ खुलाएको छ।

बिहीबार सामाजिक सञ्जालमार्फत सामसुङले बुकिङ खुलाएको जानकारी गराएको हो। कम्पनीले ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ अल्ट्रा फोन बुधबार सार्वजनिक गरेको हो। यी तीनै फोन फाइभजी हुन्।

नेपालमा कम्पनीले ग्यालेक्सी एस२३ फोन १ लाख २८ हजार, ग्यालेक्सी एस२३ प्लस १ लाख ५२ हजार र ग्यालेक्सी एस२३ अल्ट्रा १ लाख ९२ हजार तोकेको छ। यी सबै फोन ८ जीबी र्याम र २३६ जीबी स्टोरजका हुन्।

१२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको ग्यालेक्सी एस२३ अल्ट्राको मूल्य भने २ लाख १० हजार रूपैयाँ तोकेको छ। यी फोनहरूको प्रि बुकमा कम्पनीले विभिन्न अफरसमेत ल्याएको छ।

प्रि बुकको अवधि २२ फेब्रुअरीसम्म ताेकिएकाे छ।

१९ माघ, २०७९, १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।