सन्दीपलाई थुनामै राख्नुपर्ने महान्यायाधिवक्ता कार्यालयकाे माग, सर्वोच्चमा निवेदन दर्ता

सन्दीपलाई थुनामै राख्नुपर्ने महान्यायाधिवक्ता कार्यालयकाे माग, सर्वोच्चमा निवेदन दर्ता

काठमाडौंः नाबालिग बलात्कारको मुद्दामा सन्दीप लामिछानेलाई थुनामै राखेर प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधिवक्ताकाे कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकाे छ।

धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकाे हाे।

बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका सन्दीपलाई उच्च अदालतले धराैटीमा छाड्न आदेश दिएकाे थियाे। यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार निवेदनमा उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखिएकाे छ।

१७ माघ, २०७९, १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।