बुटवल उपमहानगरविरुद्ध मुद्दा, भाेलि अन्तरिम आदेशकाे टुङ्गाे लाग्ने

बुटवल उपमहानगरविरुद्ध मुद्दा,  भाेलि अन्तरिम आदेशकाे टुङ्गाे लाग्ने

बुटवल : उच्च अदालत तुल्सीपुर बुटवल इजलासले बुटवल उपमहानगरलाई छाडा चौपाया नियन्त्रण गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सडकमा यततत्र हिँड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दा मानिसको अकालमै मृत्यु हुने गरेको भन्दै नियन्त्रणको कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको थियो।

विश्वविद्यालयको सिटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू केशव घर्तीमगर, नवीन खनाल, कृपा पन्त, करिष्मा ज्ञवालीले बुटवल उप–महानगरसमेतलाई विपक्षी बनाइ उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका थिए।

न्यायाधीश रमेशराज पोखरेलको एकल इजलास पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्नसमेत उप–महानगरपालिकालाई आदेश दिएको छ।

रिट निवेदकहरूले विपक्षीहरुले आफ्नो कानूनी दायित्व बमोजिम कार्य नगरेको, छाडा चौपायाको उचित प्रवन्ध गरी सम्भावित दुर्घटना समेतलाई न्यूनीकरण गर्न बाञ्चनीय रहेको भन्दै अदालतले माघ १० गते मंगलबारलाई छलफलका लागि बोलाएको छ।

मंगलबारको छलफलपछि अन्तरिम आदेशबारे टुंगो अदालतले लगाउनेछ।

९ माघ, २०७९, १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।