संसदमा सन्दीपको चर्चा, सांसद्को प्रश्न– ‘बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन नैतिकताले कसरी दियो?’

संसदमा सन्दीपको चर्चा, सांसद्को प्रश्न– ‘बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन नैतिकताले कसरी दियो?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाएको विषयमा आपत्ति जनाएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् श्रेष्ठले बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन नैतिकताले कसरी दियो भन्दै सररकारलाई प्रश्न गरेकी हुन्।

न्यायपालिकाको काम चुस्त, दुरुस्त, पारदर्शी र सबैको पहुँचमा नुहँदा समाज कानूनी मुद्दामा समेत विभाजित भएको उनले बताइन्।

‘सन्दीप लामिछानेको मुद्दा हेरौं। यतिको समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? राष्ट्रको प्रतिनिधि भएको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला?,’ उनले सरकारलाई प्रश्न गरिन्, ‘बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन नैतिकताले कसरी दियो? आरोपित राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको मानसिक अवस्था कस्तो होला? पीडकको सुरक्षा, उसको मनोसामाजिक र आर्थिक अवस्थाको पनि ख्याल गरौँ।’

मंगलबारदेखि काठमाडौंमा सुरु भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ मा बलात्कार आरोपी सन्दीप लामिछानेलाई पनि सहभागी गराइएको छ। लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ। उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरेको हो।

३ फागुन, २०७९, ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।