विश्वप्रकाश र प्रदीप पौडेलले संसदीय दलको नेतामा गगनलाई गरे समर्थन

विश्वप्रकाश र प्रदीप पौडेलले संसदीय दलको नेतामा गगनलाई गरे समर्थन

काठमाडौं : कांग्रेस नेता तथा काठमाडौं-५ का सांसद प्रदीप पौडेलले पार्टीको संसदीय दलको नेतामा गगनकुमार थापालाई समर्थन गरेका छन्।

मंगलबार बसेरा होटेलमा भइरहेको शेखर कोइराला समूहको भेलामा पुगेर पाैडेल संसदीय दलको नेतामा गगनको पक्षमा खुलेका हुन्। पौडेल पार्टीमा कृष्ण सिटौला समूहका नेता हुन्।

यसअघि नै प्रकाशमान सिंह समूहका नेता तथा महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री थापालाई समर्थन गरिसकेका छन्।

संस्थापन इतर समूहले दलको नेताको प्रतिस्पर्धामा गगनलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै शर्माले उनलाई समर्थन गरेका थिए।

महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा डा. शेखर कोइराला बसेका छन्। समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा बसेका छन्।

कांग्रेस संसदीय दल निर्वाचन

५ पुस, २०७९, १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।