सम्मानजनक बहिर्गमनका लागि देउवाले संसदीय दलकाे नेतामा उम्मेदवारी नदिएकै राम्राेः विश्वप्रकाश शर्मा

सम्मानजनक बहिर्गमनका लागि देउवाले संसदीय दलकाे नेतामा उम्मेदवारी नदिएकै राम्राेः विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले अब संसदीय दलकाे नेताकाे लागि उम्मेदवारी दिनुका सट्टा अरु कसैलाई प्रस्ताव गर्नु उचित रहेकाे बताएका छन्। आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकका रूपमा आफूले हेर्न चाहेको प्रतिक्रिया दिएका हुन्।

शर्माले भने, ‘यस बेला उहाँले म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक अवसर दिन्छु भन्न सक्नुपर्छ। यसले उहाँको सम्मानजनक बहिर्गमन हुनेछ।’

‘यदि उहाँले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा.शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, बिपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएर रहेका राम्रा कामहरु समेत माथि आउनेछन्।’ उनले थपे।

५ पुस, २०७९, १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।