कांग्रेस संसदीय दलको नेतामा देउवाको प्रस्तावक रामचन्द्र पौडेल

कांग्रेस संसदीय दलको नेतामा देउवाको प्रस्तावक रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन्।

संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेतामा उम्मेदवारी दिन लागेका सभापति देउवालाई आफूले प्रस्ताव गर्न लागेको पौडेलले जानकारी दिए।

उनले भने, ‘असहज परिस्थितिमा पार्टीभित्र विश्वासको वातावरण बनाउन पनि आवश्यकता भएकाले मैले पार्टी सभापतिलाई संसदीय दलको नेतामा प्रस्तावित गर्न लागेको छु।’

संसदीय दलको नेतामा इतर पक्षबाट गगन थापाले उम्मेदवारी दिने पक्का भइसकेको छ। थापाको प्रस्तावक शेखर कोइराला हुनेछन्।

५ पुस, २०७९, १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।