संसदीय दलको नेतामा शेखर ब्याकहुँदै, इतर समूहबाट गगन एक्ला उम्मेदवार

संसदीय दलको नेतामा शेखर ब्याकहुँदै, इतर समूहबाट गगन एक्ला उम्मेदवार

काठमाडौँ : पाँच वर्षभित्र संसदीय दलको नेताको निर्वाचन भए शेखर कोइराला उम्मेदवार बन्ने र गगन थापाले सघाउने सहमतिसँगै नेपाली कांग्रेस संस्थापन इतर समूहको विवाद सुल्झिएको छ।

संसदीय दलको नेताको उम्मेदवारीमा शेखर र गगन दुवैले दाबी गर्दा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा विरुद्धको एकल नेता छान्न समूह निरन्तर छलफलमा थियो।

मङ्गलवार बसेको समूहको बैठकमा बुधवारको निर्वाचनमा संस्थापन इतर समूहबाट गगन उम्मेदवार बन्ने र पाँच वर्षभित्रमा दोस्रो पटक संसदीय दलको नेताको निर्वाचन हुने अवस्था आए गगनले शेखरलाई समर्थन गर्नुपर्ने शेखर पक्षको सर्त आएको एक नेताले बताए।

'गगन सो सर्तमा सहमत भएपछि अब शेखरले नै उनलाई उम्मेदवारको रूपमा प्रस्ताव गर्ने र संस्थापन इतरबाट एक जना मात्र उम्मेदवार बन्ने वातावरण बन्यो' बैठकमा सहभागी एक नेताले भने।

तर अन्तिम निर्णयका लागि लाजिम्पाटको एक होटेलमा बसेको बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा सरेको छ।

संसदीय दलमा देउवा समूहको ५० हाराहारी सांसद छन्। शेखर समूहका ३०। अनि बाँकी दुवै समूहमा नखुलेका सांसद छन्। गगनलाई संसदीय दलको नेता जित्न तटस्थ देखिएकासँगै १२ जना थप सांसदको साथ चाहिन्छ।

५ पुस, २०७९, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।