अश्लील र चिट्ठा परेको मेसेज पठाउने गिरोह नै पक्राउ, २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा

अश्लील र चिट्ठा परेको मेसेज पठाउने गिरोह नै पक्राउ, २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा

बुटवलः प्रहरीले रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ बाट २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा लिएको छ। सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आराेपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो। त्यसक्रममा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। एक जना भारतीय नागरिक समेतको लगानीमा खाेलिएकाे उक्त कार्यालयबाट सर्वसाधारणको माेबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

कार्यालय सञ्चालक भारतीय नागरिककाे घर तथा काेठा खानतलासी हुँदैछ। त्यसपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ।

८ साउन, २०७९, १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।