खोलाले बगाउँदा वेपत्ता भएका खड्काको शव फेला

खोलाले बगाउँदा वेपत्ता भएका खड्काको शव फेला

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुमखोलाबाट आइतबार सशस्त्र प्रहरीले सोही ठाउँ बस्ने ४० बर्षीय पूर्णबहादुर खड्काको शव फेला पारेको छ।

खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी तथा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको सशस्त्र प्रहरीले घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारेको हो। 

शवलाई सशस्त्र प्रहरीले खोलाबाट बाहिर निकालेको छ।

१२ असार, २०७९, २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।