मधेसले अस्विकार गर्‍यो नातावाद, राजेन्द्र महतोको दाइ र मन्त्रीका छोरा पराजित

मधेसले अस्विकार गर्‍यो नातावाद, राजेन्द्र महतोको दाइ र मन्त्रीका छोरा पराजित

काठमाडौँ : मधेस राजनीतिमा रहेको दलीय प्रभावको फाइदा लिँदै केही नेताहरूले राम्रा उम्मेदवारको साटो हाम्रा उम्मेदवारलाई टिकट दिए पनि मतदाताले अस्वीकार गरिदिए। मधेस आन्दोलनको एकल जस लिने लोकतान्त्रिक समाजवादी पार्टी  अनि जनता समाजवादी पार्टीका केही नेताले आफ्नै नातेदारलाई टिकट दिलाएका थिए। तर ती हारे। अन्य मत गणनामा निकै पछाडि छन्।

सप्तरीको हनुमानगर नगरपालिकामा जनता समाजवादी पार्टीले टिकटका आकाङ्क्षी वीरेन्द्र माझीलाई पार्टीले पत्याएन। टिकट दिने बेलामा मधेस प्रदेशका सामाजिक

एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१ मा वडा सदस्यमा उठेका थिए। तर पराजित भए। श्रीमतीकै आडमा उनले वडा सदस्यको टिकट पाएका थिए। वडा १ मा १८३४ मत खसेकोमा ६ सय ४५ मत पाएर पराजित भएका थिए। 

 

काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह तेस्रो भइरहेकी छिन्। महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन्।

घर चलाएको अनुभवले महानगर चलाउँछु भन्दै पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेकी उनको मत हेर्दा तेस्रोमै चित्त बुझाउनुपर्ने देखिन्छ।

उता पाँच दलीय गठबन्धनको बलमा आफ्नो छोरालाई विराटनगर महानगरपालिकाको उपमेयर बनाउन उम्मेदवार बनाए जसपाका अध्यक्ष उपेन्द्र यादवले। छोरो अमरेन्द्र यादव प्रतिस्पर्धीभन्दा ६ हजार बढी बढी मतले पछाडि छन्।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमती जलेखा खातुनलाई जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाए। उनी दोस्रो नम्बरमा छिन्। भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालले अग्रता लिइरहेकी छिन्। तर जित पक्का भइसकेको छैन।

दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाए। उनी दोस्रो नम्बरमा छिन्। दैलेखको नारायण नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट पार्टी उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्काले टिकट पाइन्। उनी पनि दोस्रोमा छिन्।

कांग्रेसबाट कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेश कुमार शाही चामुन्डा बिन्द्रासैनी नगरप्रमुखको उम्मेदवार बने। उनी करिव सय मतले अगाडि छन्। 

४ जेठ, २०७९, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।