कैलालीको गोदावरीमा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएपछि गणना स्थगीत

कैलालीको गोदावरीमा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएपछि गणना स्थगीत

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगीत भएको छ। निर्वाचन अधिकृत राजेन्द्र भण्डारीको कार्यकक्षमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेको विरोधका कारण मतगणना स्थगीत भएको हो। 

एमालेले सत्तारुढ गठबन्धनले चुनावमा धाधँली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यालयमा फेला परेको भन्दै विरोध जनाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकटका मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएकाले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका एमालेले गरेको छ। 

गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको तर कहाँबाट कसले त्यहाँ ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको बताउँदै अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए।
 

३ जेठ, २०७९, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।