चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

कैलाली : कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्।

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन्। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन्।

थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन्। त्यसैगरी छ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्।
 

२ जेठ, २०७९, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।