धनगढी उपमहानगरमा सात हजार ४७० मत गणना गर्दा कसले कति ल्याए ?

धनगढी उपमहानगरमा सात हजार ४७० मत गणना गर्दा कसले कति ल्याए ?

कैलालीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुदेखि नै अग्रता कायमै राखेका छन्। शनिबारदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म सात हजार ४७० मत गणना भएको छ।

हमालले तीन हजार ३२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले एक हजार ८३७, नेकपा एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले एक हजार ६२३, एमालेकी कन्दकला रानाले एक हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले एक हजार १८ मत पाएका छन्।

मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

२ जेठ, २०७९, ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।