पोखरा मेयरमा गठबन्धनका उम्मेदवारले बढाए अग्रता, एमाले पछिपछि

पोखरा मेयरमा गठबन्धनका उम्मेदवारले बढाए अग्रता, एमाले पछिपछि

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मतगणनाको शुरुवातबाटै अग्रता लिइरहेका छन्।

महानगरमा तीन हजार ५ मतगणना हुँदा आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले एक हजार ४ सय ८० मत पाएका छन। थापाको भन्दा आचार्यको १०५ मत बढी छ। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ सय २३ मत पाएका छन भने स्वतन्त्र उमेदवार खडकराज ९गनेश० पौडेलले १ सय १८ मत पाएका छन। 

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १ हजार ५ सय ३२ मत प्राप्त गरेकी छन्।

पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्वर १,२, १२,२३ र २४ वडाको मतगणना चलिरहेको छ। पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन। शुक्रबार सम्पन्न मतदानमा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। 
 

१ जेठ, २०७९, १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।