पोखरा : कांग्रेस कार्यकर्ताको आक्रमणमा घाइते भएका तनहुँको व्यास नगरपालिका मेयरका उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिने भएको छ। उनको दमौलीस्थित अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिन लागिएको हो।
उकेरा प्रदेश
कांग्रेस कार्यकर्ताको आक्रमणमा घाइते भएका जोशीलाई थप उपचारका लागि काठमाडौँ लगिँदै

आज दिउँसो उनले रिस्ती मतदान केन्द्रमा पुगेर मतपत्रको बिषयमा विवाद हुँदा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको थिए। ब्यासमा मेयरको उम्मेदवार बनेका दीपकराजमाथि स्थानीयले मतपत्र च्यात्न खोजेको आरोपमा झगडा हुँदा उनको टाउकोमा चोट लागेको हो।
तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द राज जोशीबीच लामो समयदेखि राजनीतिक टकराब जारी छ। जोविन्दराजले आफूप्रति भ्रष्टाचारको मुद्दा र पार्टीको कारबाही प्रक्रियामा समेत नेता पौडेलको हात रहेको आरोप लगाउँदै आएका छन्।
नेता पौडेलसँगको राजनीतिक इगो साँध्नका लागि गोविन्दराजले अमेरिकामा रहेको छोरा दीपकराजलाई बोलाएर ब्यासको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनाएका छन्।
मेयरका उम्मेदवार बनेका दीपकराज आज चलिरहेको निर्वाचनको अनुगमनका क्रममा आफ्ना बाबुले सत्रुकारुपमा हेर्दै आएका नता रामचन्द्र पौडेलको गाउँ रिस्तिमा कुटाइ खाएको बताएका छन्। उनले पौडेलकै योजनामा आफूमाथि आक्रमण भएको समेत दाबी गरेका छन्।
ब्यास नगरपालिकामा एमालेसँगको सहमतिमा दीपकराज स्वतन्त्रबाट मेयरका उमेदवार बनेका छन। त्यसैगरी एमालेले ब्यासमा बशुन्धरा घर्तीलाइ उपमेयरमा उमेदवार बनाएको छ।
२०७९ वैशाख ३० गते १८:३० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।