लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षा

यतिबेला सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका भूभागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ/ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यस्तै आज राति पनि यही मौसम प्रणाली रहनेछ।

९ माघ, २०७८, ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।