इण्डोनेसियामा भूकम्प, नौ सय घर क्षतिग्रस्त

इण्डोनेसियामा भूकम्प, नौ सय घर क्षतिग्रस्त

एजेन्सीः इण्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पमा परी नौ सय घर क्षतिग्रस्त भएको छ। घरसहित अन्य भौतिक संरचनामा पनि क्षति पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।  

हालसम्म जम्मा दुई जना घाइते भएको बताइएको छ। मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन। शुक्रबार सेराङ सिटीबाट १३५ किलोमिटर पर केन्द्रविन्दु भएको ६.६ म्याग्नीच्युडको भूकम्प आएको थियो। 

 

१ माघ, २०७८, १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।