ढुङ्गाको सम्मान जोगाउन यो कस्तो सुरक्षा घेरा !

ढुङ्गाको सम्मान जोगाउन यो कस्तो सुरक्षा घेरा !

काठमाडौँ : पृथ्वी जयन्तीको दिन कीर्तिपुरमा रहेको एक ढुङ्गामा थुक्ने र थुक्न नदिने रस्साकस्सी नै चल्छ।

पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा अन्याय गरेको भन्दै हरेक वर्ष एक समूह त्यो ढुङ्गामा जसरी पनि थुक्ने प्रयासमा लाग्छन्। राज्य पनि ढुङ्गामा थुक्नबाट रोक्न हरेक वर्ष पृथ्वी जयन्तीको दिन ढुङ्गालाई सुरक्षा घेरामा राख्छ।

कहिलेकाहीँ त थुक्न चाहने र रोक्ने सुरक्षाकर्मीबिच झडप पनि हुन्छ। यो पाली भने झडप भएन। सङ्गठित रूपमै ढुङ्गामा थुकेर कीर्तिपुर कब्जामा भएको अन्याय सम्झाउन चाहने समूहले प्रहरीलाई जवर्जस्ती गरेनन्।

उनीहरू नजिकै अर्को ढुङ्गा बोकेर गए अनि थुके काठमाडौँ उपत्यकातिर हेरेर।

पृथ्वी जयन्ती विशेष

२७ पुस, २०७८, १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।