कभर स्टोरी

पृथ्वी जयन्ती विशेष

पृथ्वीनारायण शाहलाई कीर्तिपुरमा रोक्ने कीर्तिलक्ष्मी वास्तविक पात्र हुन् कि काल्पनिक ? 


नेपाली फिल्म 'कीर्तिपुर' मा देखाइएकी पात्र कीर्तिलक्ष्मी ।

काठमाडौं : ‘गोर्खालीले कीर्तिपुर जितिसकेपछि त्यहीँकी एक महिलाले गोर्खाली फौजलाई लुकी-लुकी वाण वा अन्य हतियार प्रहार गरिन्।’

यो भनाइ पढेपछि लेखक एवं इतिहासकार बासु पासाले ती अनाम महिलाको नाम राखे कीर्तिलक्ष्मी। कीर्तिलक्ष्मीलाई केन्द्रविन्दुमा राखेर ऐतिहासिक उपन्यास पनि लेखे उनले। नेपाली भाषामा ‘भैरव सिंह’ र सोही किताबलाई उनले नेवारीमा नाम राखे ‘कीर्तिलक्ष्मी’।

इतिहासकार पासाले कीर्तिलक्ष्मीबारे लेखेपछि उनी को थिइन् भनेर बहस भयो। तर इतिहासकारहरुले आजसम्म कुनै तथ्य फेला पार्न सेकका छैनन्।

काल्पनिक पात्र कीर्तिलक्ष्मी 
गोरखालीले कीर्तिपुरमा वि.सं. १८२२ मा विजय हासिल गरे। वि.सं.१८१४, वि.सं. १८२१ र वि.सं. १८२२  गरी तीन पटकको आक्रमणमा गोर्खालीले कीर्तिपुरमाथि विजय हासिल गरेका थिए।

कीर्तिपुर अहिले काठमाडौं जिल्लामा परे पनि त्यतिबेला ललितपुर जिल्लामा पर्थ्यो। गोर्खालीलाई कीर्तिपुरमा रोक्ने को थियो? कीर्तिपुरको पक्षबाट गोर्खालीसँग कसले लडाईं गरेको थियो त? यसबारे ऐतिहासिक तथ्य भेटाउन गाह्रो पर्छ।

अहिले धेरैले कीर्तिलक्ष्मी नामकी युवती/राजकुमारीले गोर्खाली फौजसँग लडाईं गरेको मान्छन् पनि। कीर्तिलक्ष्मी काल्पनिक नाम राखेर लडाईं गरेको भनी बासु पासाले आफ्नो उपन्यासमा लेखे पनि। 

निर्देशक प्रदीप खड्गीले ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’ नामको फिल्म बनाए। यो फिल्म बनेपछि पुन बहस सतहमा आयो- कीर्तिलक्ष्मी को थिइन् त?

निर्देशक खड्गीले लेखक एवं इतिहासकार पासाको पुस्तक भैरव सिंह, कीर्तिलक्ष्मी पला छघा, प्याखं मुना, कीर्तिपुर, कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहासलाई आधार बनाएर फिल्म बनाए।

'खोज्दै जाँदा कीर्तिलक्ष्मीले गोरखालीसँग लडाईं गरेको पाइयो। प्रमाण हामीसँग छैन। तर यसबारे लेखक इतिहासकार बासु पासाले लेख्नुभएको छ।'

खड्गी फिल्ममा ९० प्रतिशत कुरा सही राखिएको दावी गर्छन्। ‘तीन वर्षअघि रिलिज भएको कीर्तिपुर दि लिजेण्ड अफ कीर्तिलक्ष्मी फिल्ममा मैले २०६९ सालदेखि काम गरेको थिएँ,’ उनले भने, ‘खोज्दै जाँदा कीर्तिलक्ष्मीले गोर्खालीसँग लडाईं गरेको पाइयो। प्रमाण हामीसँग छैन। तर यसबारे लेखक इतिहासकार बासु पासाले लेख्नुभएको छ।’

खड्गी फिल्म बनाउँदा धेरै इतिहासकारसँग कुराकानी गरेको दावी गर्छन्। कीर्तिलक्ष्मी पुस्तक कसरी निस्कयो त? बासु पासाका छोरा प्रणय पासा भन्छन्, ‘यो ऐतिहासिक उपन्यास हो। ‘गोरखालीसँग लडाईं भएकै हो। कीर्तिपुरेले हारेकै हुन्। तिथि–मिति सबै सही छन्। तर कीर्तिलक्ष्मी भन्ने पात्र थिइन् कि थिइनन्, त्यो भने खोजीकै विषय हो। अहिलेसम्मको दस्तावेजले उनी थिइन् भन्ने भेटिँदैन।’

प्रणय आफैं पनि लेखक हुन्। उनले ‘लुकेको नेपाल’ लगायतका १० वटा पुस्तक इतिहासमा आधारित भएर लेखेका छन्। प्रणय बुबा बासु पासालाई आफूले भैरव सिंह पुस्तक नलेख्न आग्रह गरेको बताउँछन्।  मल्लकालीन राजाहरुको इतिहास लेखेका बासु पासाले एक लाइनलाई आधार बनाएर ऐतिहासिक उपन्यास लेख्दा अन्य पुस्तक ओझेलमा पर्ने उनको भनाइ थियो। तर उनका बुबा बासुले उपन्यास लेखे।

कीर्तिपुरेले यसैलाई आधार बनाएर कीर्तिलक्ष्मीले नै युद्ध गरेको दावी गर्ने गरेको प्रणयको भनाइ छ। ‘खास यो ऐतिहासिक उपन्यास हो। मैले बुबालाई नलेख्नु पनि भनेको थिएँ। खास उनी थिइन् भन्ने कुनै आधार नै छैन,’ उनले भने, ‘काल्पनिक पात्रलाई थिइन् भनेर दावी गर्नुको कुनै अर्थ छैन।’  

कीर्तिपुरेले सुनाउँछन् कथा 
निर्देशक खड्गी भने कीर्तिलक्ष्मी राजकुमारी थिइन् कि युवती थिइन् भन्ने चाहिं विवादको विषय भएको बताउँछन्। ‘कीर्तिलक्ष्मी भन्ने पात्रले गोरखालीसँग पुरुषको भेष धारण गरेर लडेकै हो। तर उनी राजकुमारी थिइन् कि थिइनन् भन्ने चाहिं मुल बहसको विषय हुनुपर्ने हो। यहाँ त हार्नेको इतिहास मेटेजसरी नै कीर्तिलक्ष्मीको इतिहास नामेट पार्न खोजिँदैछ।’

कीर्तिपुर ललितपुरको उपनिवेश भएको, त्यहाँका डबलीले राजा भएको जनाउने लगायतका प्रमाण रहेको बताउँछन् निर्देशक खड्गी। कीर्तिपुरेका बासिन्दाले कीर्तिलक्ष्मीबारे अझै पनि कथा भन्ने बताउँछन् उनी। ‘केही न केही भएर त कथा आयो होला। राजा-महाराजाहरुले इतिहास लेखाए, हार्नेको इतिहास लेखिएन, नष्ट गरियो दस्तावेजहरु। कीर्तिपुरका बासिन्दाले घरघरमा कीर्तिलक्ष्मीबारे कथा सुनेका छन्।’

इतिहासकार बासु पासाले कीर्तिलक्ष्मीबारे लेखेपछि उनी को थिइन् भनेर बहस भयो। तर इतिहासकारहरुले आजसम्म कुनै तथ्य फेला पार्न सकेका छैनन्।

कीर्तिपुरकै इतिहासकार एवं अन्वेषक बसन्त महर्जन भने कीर्तिलक्ष्मी काल्पनिक पात्र भएको दावी गर्छन्। ‘कीर्तिलक्ष्मीको कुनै ऐतिहासिक पाटो अहिलेसम्म भेटिएको छैन। काल्पनिक पात्र हुन् उनी। कीर्तिपुरेको किम्वदन्ती हो यो कथा,’ उनले भने, ‘हुँदै नभएको कुरालाई इतिहास बनाउन खोजिँदैछ अझ सालिक नै बनाउने भनेर कुरा पनि भएको पो थियो।’

कीर्तिलक्ष्मीको सालिक बनाउने कुरा के भयो?
बागमती प्रदेशमा कीर्तिपुरबाट प्रदेश सभा सासंद छन् पुकार महर्जन। २०७६/०७७ को आर्थिक वर्षमा सांसद विकास कोषको १५ लाख रुपैयाँ छुट्याए, कीर्तिलक्ष्मीबारे बासु पासाको उपन्यास पढेका महर्जनले। सो पैसा उनले कीर्तिलक्ष्मीको सालिक बनाउन छुट्याएका थिए।

कीर्तिपुरबासीले यो विषयमा छलफल गरे। महर्जनका अनुसार छलफलमा तीन मत देखियो। एकथरीले कीर्तिलक्ष्मी थिइन् भने, अर्काले थिइनन् भने, अर्काथरीले कीर्तिलक्ष्मी नभए पनि कीर्तिपुरको पहिचान र पर्यटकीय दृष्टिकोणले उनको सालिक बनाउनुपर्ने भनाइ राखे। 

विवाद बढ्दै गएपछि सालिक बनेन। यो बजेट फ्रिज भयो। ‘पात्रै नभएको भनेपछि उनीबारे सालिक बनाउन भएन, नबनाउने भइयो,’ उनले भने, ‘यदि उनी थिइन् भनेर इतिहासकारहरुले भन्छन् भने म सालिक बनाउन रकम बिनियोजन गर्नेछु।’

को थिइन् त कीर्तिलक्ष्मी?
इतिहासकार महेशराज पन्त कीर्तिलक्ष्मी भन्ने पात्र नै नभएको बताउँछन्। ‘लेखक बासु पासा त्यहाँका ज्यापु समाजका हुन्। उनी अभियन्ता समेत हुन्। उनको कीर्तिपुर भन्ने किताब प्रकाशित छ। केही लेखकले कीर्तिपुर अलग राज्य थियो भनेर सिद्ध गर्न मरिमेटेर लागेको देखिन्छ।

त्यतिबेला ज्ञान प्रजा भन्ने राजा थिए भनेर समेत उल्लेख भएको पाइन्छ। जिजेपीले जयप्रकाशको नाउँ ठिकसँग उच्चारण गर्न नसकेर Gainprejas भनेर लेखे।

जिजेपी इटालियन नागरिक उपत्यकामा आएका थिए। उनी पादरी हुन्। उनले आफ्नो अनुभव र बयान छापे। उनी आउँदा काठमाडौंका राजा जयप्रकाश मल्ल थिए। त्यसैलाई समातेर बासु पासाले कीर्तिपुर राज्य हो भनी चार वटा राज्य थियो भनेर समेत लेखे। जुन प्रामाणिक छैन।

इतिहासकार दिनेशराज पन्त पनि कीर्तिलक्ष्मी भन्ने पात्रबारे कुनै अभिलेखमा आजसम्म नपढेको बताउँछन्। ‘मैले अहिलेसम्म उनीबारे पढेको छैन। मैले नपढेको पनि हुनसक्छ तर जति दस्तावेज केलाइयो उनीबारे कहीँ उल्लेख छैन।’

पन्त नालापानीमा जस्तै महिला तथा बालबालिका युद्धमा सहभागी भएको हुनसक्ने तर कोही महिलाले नेतृत्व नै लिएको थियो भनेर दावी गर्न कुनै प्रष्ट आधार भने फेला पार्न नसकिने बताउँछन्।

पृथ्वी जयन्ती विशेष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा, अस्तित्व जोगाउनै हम्मे

‘म २०५५ मा काम गर्न आएको थिएँ सेडामा। त्यति बेला सेडाको सानमान अनि काम गराइको रफ्तार देखेर कुनै दिन म पनि यहाँ आउनुपर्छ भन्ने भएको....

रद्द विज्ञापनमा डा. भूपेन्द्रको बढुवा सिफारिसमा लोकसेवालाई स्वास्थ्य सचिवको उल्टै प्रश्न : रद्द भएको विज्ञापनको फर्म किन लियो त?

डा. बस्नेत अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए। रद्द भइसकेको विज्ञापन....

शिक्षा मन्त्रालयको नेतृत्व बदलिएसँगै केशर महल ठेक्कामा दिएर रेस्टुरेन्ट र डान्सबार खोल्ने रणनीति ब्युँतियो (प्रतिवेदन सहित )

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई भित्रैभित्रै पुन तीव्र बनाएका छन्।....

विपन्नको कोरोना राहतमा राजनीति : सत्ताधारी दललाई सहयोग पुग्ने भन्दै एमालेका स्थानीय तहले लिएनन् पैसा

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्याएको बजेट प्रतिस्थापन गर्दै नेपाली कांग्रेसको नेतृत्वको सरकारले पाँच लाख परिवारलाई सरकारको तर्फबाट सहयोग दिने कार्यक्रम ल्याएको थियो। प्रधानमन्त्री शेरबहादुर....

'ठेक्का सेटिङ क्विन' बायोमेडिकल इन्जिनियर भावनाको म्याद बढाउन वीरकै उच्च अधिकारी सक्रिय

आफू निकटकालाई कम्पनी दर्ता गर्न लगाएर शिक्षण अस्पताल महाराजगन्जमा टेन्डरमा सेटिङ गरेपछि करार खारेजीमा परेकी उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आइपुगेकी थिइन्....