उकेरा फोटो कथा

ढुङ्गाको सम्मान जोगाउन यो कस्तो सुरक्षा घेरा !


काठमाडौँ : पृथ्वी जयन्तीको दिन कीर्तिपुरमा रहेको एक ढुङ्गामा थुक्ने र थुक्न नदिने रस्साकस्सी नै चल्छ।

पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा अन्याय गरेको भन्दै हरेक वर्ष एक समूह त्यो ढुङ्गामा जसरी पनि थुक्ने प्रयासमा लाग्छन्। राज्य पनि ढुङ्गामा थुक्नबाट रोक्न हरेक वर्ष पृथ्वी जयन्तीको दिन ढुङ्गालाई सुरक्षा घेरामा राख्छ।

कहिलेकाहीँ त थुक्न चाहने र रोक्ने सुरक्षाकर्मीबिच झडप पनि हुन्छ। यो पाली भने झडप भएन। सङ्गठित रूपमै ढुङ्गामा थुकेर कीर्तिपुर कब्जामा भएको अन्याय सम्झाउन चाहने समूहले प्रहरीलाई जवर्जस्ती गरेनन्।

उनीहरू नजिकै अर्को ढुङ्गा बोकेर गए अनि थुके काठमाडौँ उपत्यकातिर हेरेर।

पृथ्वी जयन्ती विशेष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हनुमान घाटमा स्वस्थानी पूजा [१० तस्बिर]

बिरा, भद्रा र तमसा खोलाको संगम त्रिवेणीमा मूर्ति राखेर एक महिनासम्म पूजा हुने स्थानीय ओम धौभडेलले बताए।  ....

रुरु क्षेत्रमा भक्तजन: कोरोनाले छेकेन संक्रान्ति मनाउन (फोटो फिचर)

तर महामारी फैलिएपछि भक्तजनहरू कालीगण्डकी किनारमा स्नान मात्र गरिरहेका छन्। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु....

माघे सङ्क्रान्ति पर्वमा तरुल र सख्खरको व्यापार (फोटो फिचर)

बुटवल स्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा मात्र माघे सङ्क्रान्तिलाई लक्षित गर्दै भारतबाट १५० टन सख्खर....

बतासले गरेको बदमासी तस्बिरमा : क्याफ्टेरियाको बहानामा राजा महेन्द्रको बङ्करभित्र रेस्टुरेन्ट

समितिले बतासलाई क्याफेटेरिया भाडामा दिँदा गरेको बदमासी तस्बिर सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। सोही प्रतिवेदनमा छानबिन समितिले....

टौदह: जहाँ उत्तरी देशका पाहुना चरा आश्रय लिन्छन्

चीन, मंगोलिया, रूस, साइबेरियालगायत उत्तरी देशका पक्षीहरू यहाँ जाडो छल्न आउँछन्। यसरी आश्रय लिन आउनेमा रुड्डी सेलडक, रेड–क्रिस्टेड पोचार्ड, कमन पोचार्ड, फेरुजुनस डक, नोर्थन सोभलर डक,....