सन्दीपको मुद्दामा १२ जना देख्ने-सुन्नेको बयान, कल डिटेल सहित ८४ वटा प्रमाणका पत्र

सन्दीपको मुद्दामा १२ जना देख्ने-सुन्नेको बयान, कल डिटेल सहित ८४ वटा प्रमाणका पत्र

काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अनुसन्धान अधिकृतले प्रमाणको रूपमा १२ जना देख्ने, सुन्ने र बुझिएका व्यक्तिको बयान र ८४ वटा प्रमाणका पत्र अदालतमा पेस गरेको छ।

सोमबार १२ वर्ष कैद र पीडितलाई यथोचित क्षतिपूर्ति भराउने माग गर्दै जिल्ला न्यायाधीवक्ताको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा पेस भएको अभियोग पत्रसँगै यी प्रमाणहरू समेत पेस भएका छन्। देख्ने, सुन्ने र बुझिएका बाहेक सन्दीप, पीडितको तर्फबाट दर्ता भएको जाहेरी र पीडितको बयानसँगै घटनास्थलको मुचुल्का लगायतका प्रमाणहरू समेत बुझाइएको देखिन्छ।

घटनाबारे देख्ने, सुन्ने र बुझ्नेमा सन्दीपसँगै क्रिकेट खेल्ने २ राष्ट्रिय क्रिकेटर, उनीहरू गएको नगरकोटका कामदारको बयान र उनीहरूले रात बिताएको होटेलका सञ्चालकदेखि कामदारसम्मको बयान छ।

अभियोग पत्रमा उल्लेख भए अनुसार सन्तोष प्रसाद अधिकारी, लाल बहादुर बानियाँ,राजन राणा, बाबुकाजी थापामगर, सविन श्रेष्ठ, अनीश श्रेष्ठ,समीर पुरी, प्रकृति गिरी, नारायण बहादुर बलामी,पवन ढुङ्गाना, साहाव आलम र देव खनालसँग बयान लिइएको छ।

कागजपत्रमा, जाहेरी, घटनास्थलको मुचुल्का, पीडितले गरेको घटना विवरण कागज, अध्यागमनले सन्दीपबारे खुलाएको विवरण, सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गराउँदाको पत्राचार, पीडित र सन्दीपको स्वास्थ्य परीक्षण रिपोर्ट, नेपाल टेलकमबाट प्राप्त पीडित र प्रतिवादी सन्दीपको कल डिटेल विवरण, नेपाल राष्ट्र बैङ्कसँग भएका पत्राचार, कल डिटेल विश्लेषण प्रतिवेदन लगायतका रहेका छन्।

OOO

देख्ने, सुन्नेबुझिएका मानिसहरु: सन्तोष प्रसाद अधिकारी, लाल बहादुर बानियाँ,राजन राणा, बाबुकाजी थापामगर, सविन श्रेष्ठ, अनीश श्रेष्ठ,समीर पुरी, प्रकृति गिरी, नारायण बहादुर बलामी,पवन ढुङ्गाना, साहाव आलम,देव खनाल ।

प्रस्तुत कागजातहरू:-

१)-सक्कल जाहेरी दरखास्त सहित गोपनीयता कायम गरेका कागजातहरू पाना ८ को खाम बन्दी थान-१ (एक),

२)-मिति २०७९।०५।२१ गतेको जाहेरी दरखास्त समेतका कागजातहरू पाना-८ (आठ),

३)-मिति २०७९।०५।२१ गतेको गोपनीयता कायम गरेको पत्र पाना-१(एक),

४)-मिति २०७९।०५।२१ गतेको घटनास्थल मुचुल्का,घटनास्थलको फोटो, अभिलेख समेतका कागजातहरू पाना-९   (नौ),

५)-मिति २०७९।०५।२१ गतेको स्वास्थ्य परीक्षणको लागी पठाइएको पत्र पाना-१ (एक),

६)-मिति २०७९।०५।२१ गतेको सबुद हस्तान्तरण भरपाई फाराम पाना-१ (एक),

७)-मिति २०७९।०५।२२ गतेको जाहेरी दरखास्त भरपाई पाना-१ (एक),

८)-मिति २०७९।०५।२२ गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र र आचार संहिता तोकिएको पत्र गरी पाना-२ (दुई),

९)-मिति २०७९।०५।२२ गतेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाइएको पत्र पाना-१ (एक),

१०)-मिति २०७९।०५।२२ गतेको पीडित परिवर्तित नाम गौशाला २६(छ) (०७९/८०) ले गरेको घटना विवरण कागज पाना-४ (चार),

११)-मिति २०७९।०५।२२ गतेको एकिन वतनको लागी जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई लेखिएको पत्र पाना-१ (एक),

१२)-मिति २०७९।०५।२२ गतेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले खुलाई पठाइएको पत्र पाना-१ (एक),

१३)-मिति २०७९।०५।२३ गतेको अध्यागमन कार्यालयलाई खुलाई पठाइदिन हुन लेखिएको पत्र पाना-१ (एक),

१४)-मिति २०७९।०५।२३ गतेको अध्यागमन कार्यालय गौचर काठमाडौँले खुलाई पठाइएको पत्र समेतका कागजातहरू पाना-५ (पाँच),

१५)-मिति २०७९।०५।२३ गतेको पक्राउ अनुमति पत्र पाना-२ (दुई),

१६)-मिति २०७९।०५।२३ गतेको खोजतलासको लागी अध्यागमन कार्यालयलाई लेखिएको पत्र पाना-१ (एक),

१७)-मिति २०७९०।०५।२३ गतेको खोजतलासको लागी जिल्ला प्रहरी कार्यालय चितवन,स्याङ्जा, काठमाडौं,भक्तपुर र ललितपुरलाई लेखिएको पत्र पाना-१ (एक),

१८)-मिति२०७९।०५।२३ गतेको राजन राणाले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

१९)-मिति २०७९।०५।२३ गतेको सबिन श्रेष्ठले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

२०)-मिति २०७९।०५।२३ गतेको अनीश श्रेष्ठले गरिदिएको घटना विवरण कागज पाना-४ (चार),

२१)-मिति २०७९।०५।२६ गतेको परीक्षणको लागी पठाइएको पत्र पाना-२ (दुई),

२२)-मिति २०७९।०५।२६ गतेको कल विवरण अनुमतिको लागी सम्मानित अदालतलाई लेखिएको पत्र पाना-१ (एक),

२३)-मिति २०७९।०५।२६ गतेको समीर पुरीले गरिदिएको घटना विवरण कागज समेतका कागजातहरू पाना-६ (छ),

२४)-मिति २०७९।०५।२६ गतेको विवरण उपलब्ध गराई दिन हुन लेखिएको पत्र पाना-१ (एक),

२५)-मिति २०७९।०५।२६ गतेको भरपाई पाना-१ (एक),

२६)-मिति२०७९।०५।२७ गतेको कालो सूचिमा राखी दिन हुन लेखिएको पत्र पाना-१ (एक),

२७)-मिति २०७९।०५।२७ गतेको भरपाई कागज पाना-१ (एक),

२८)-मिति २०७९।०५।२७ गते प्राप्त परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिति २०७९।०५।२१ गतेको पत्र समेतका कागजातहरू पाना-१२ (बाह्र),

२९)-मिति २०७९।०६।०४ गतेको diffusion जारी गरिदिन हुन लेखिएको पत्र पाना-१ (एक),

३०)-मिति २०७९।०६।०६ गतेको diffusion जारी गरिएको पत्र पाना-१ (एक),

३१)-मिति २०७९।०६।०७ गते diffusion जारी गरी जानकारी गराइएको पत्र पाना-२ (दुई),

३२)-मिति २०७९।०६।१२ गतेको प्रतिवेदन साथ पेस गरेका कागजातहरू पाना-५ (पाँच),

३३)-मिति २०७९।०६।१३ गतेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीलाई लेखिएको पत्र पाना-१ (एक),

३४)-मिति २०७९।०६।१८ गतेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको पत्र समेतका कागजातहरू पाना-५ (पाँच),

३५)-मिति २०७९।०६।१९ गतेको प्रतिवादी सन्दीप लामिछानेलाई पक्राउ गरी दाखिला गर्न हुन खटाई पठाइएको पत्र पाना-१ (एक),

३६)-मिति २०७९।०६।२० गतेको मानिस उपस्थित गराइएको पत्र पाना-१ (एक),

३७)-मिति २०७९।०६।२० गतेको पक्राउ पुर्जी दिइएको पत्र पाना-१ (एक),

३८)-मिति २०७९।०६।२० गतेको पक्राउ प्रहरी प्रतिवेदन पाना-१ (एक),

३९)-मिति २०७९।०६।२० गतेको स्वास्थ्य परीक्षण प्रतिवेदन पाना-१ (एक),

४०)-मिति २०७९।०६।२० गतेको थुनुवा पुर्जी पाना-१ (एक),

४१)-मिति २०७९।०६।२० गतेको स्वास्थ्य परीक्षणको लागी पठाइएको पत्र पाना-१ (एक),

४२)-मिति २०७९।०६।२० गतेको स्वास्थ्य परीक्षण गरेका कागजातहरू पाना-३ (तिन),

४३)-मिति २०७९।०६।२३ गतेको परीक्षणको लागी पठाइएको पत्र पाना-२ (दुई),

४४)-मिति २०७९।०४।२३ गतेको नमुना फिर्ता पठाइएको पत्र समेतको  संलग्न पत्र पाना-२ (दुई),

४५)-मिति २०७९।०६।२४ गतेको पहिलो पटक म्याद थप पत्र पाना-२ (दुई),

४६)-मिति २०७९।०६।२४ गतेको विश्लेषण गरी प्रतिवेदन पेस गर्न हुन लेखिएको पत्र पाना-१ (एक),

४७)-मिति २०७९।०६।२५ गते मिसिल संलग्न गरिएको नेपाल टेलिकमबाट प्राप्त कल विवरण समेतका कागजातहरू पाना-४२ (बयालिस),

४८)-मिति ०७९।०६।२६ गतेको बयान कार्यको लागी उपस्थित गराइएको पत्र पाना-१ (एक),

४९)-मिति २०७९।०६।२७  गतेको दोस्रो पटक म्याद थप पत्र पाना-२ (दुई),

५०)-मिति २०७९।०६।२७ गतेको बयान कार्यको लागी उपस्थित गराइएको पत्र पाना-१ (एक),

५१)-मिति २०७९।०६।२६ र २७  गते भएको प्रतिवादी सन्दीप लामिछानेको बयान कागज पाना-१८ (अठार),

५२)-मिति २०७९।०६।२८ गतेको खाताको विवरण खुलाई पठाइदिन हुन नेपाल राष्ट्र बैक लाई लेखिएको पत्र पाना-१ (एक),

५३)-मिति २०७९।०६।२८ गतेको घर जग्गाको विवरण उपलब्ध गराई दिन हुन लेखिएको पत्र पाना-१ (एक),

५४)-मिति २०७९।०६।२८ गतेको CAN  लाई खुलाई पठाई दिन हुन लेखिएको पत्र पाना-१ (एक),

५५)-मिति २०७९।०६।२८ गतेको साहब आलमले गरेको घटना विवरण कागज पाना-३ (तिन),

५६)-मिति २०७९।०६।३० गतेको सन्तोष प्रसाद अधिकारीले गरेको घटना विवरण कागज पाना-३ (तिन),

५७)-मिति २०७९।०६।३० गतेको नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालालाई लेखिएको पत्र पाना-१ (एक),

५८)-मिति २०७९।०६।३० गतेको लाल बहादुर बानियाले गरी दिएको घटना विवरण कागज पाना-३ (तिन),

५९)-मिति २०७९।०६।३० गतेको नारायण बहादुर बलामीले गरी दिएको घटना विवरण कागज पाना-३ (तिन),

६०)-मिति २०७९।०६।३० गतेको इन्द्र विक्रम थापाले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

६१)-मिति २०७९।०६।३१ गतेको बाबु काजी थापामगरले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

६२)-मिति २०७९।०६।३१ गते प्राप्त कल विवरण कागज पाना-९ (नौ),

६३)-मिति २०७९।०६।३१ गतेको देव खनालले गरी दिएको घटना विवरण कागज पाना-३ (तिन),

६४)-मिति २०७९।०६।३१ गतेको प्राप्त परीक्षण रिपोर्ट पाना-२ (दुई),

६५)-मिति २०७९।०६।३१ गतेको प्रकृति गिरीले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

६६)-मिति २०७९।०६।३१ गतेको पवन ढुङ्गानाले गरिदिएको घटना विवरण कागज पाना-३ (तिन),

६७)-मिति २०७९।०७।०२ गतेको तेस्रो पटक म्याद थप पत्र पाना-३ (तिन),

६८)-मिति २०७९।०७।२ गतेको नेपाल राष्ट्र बैङ्क ,भुमी व्यवस्थापन अभिलेख विभाग, र CAN  मा पत्र बुझाएको भरपाई पाना-३ (तिन),

६९)-मिति २०७९।०७।०२ गतेको Diffusion रद्द गरी दिन हुन लेखिएको पत्र पाना-१ (एक),

७०)-मिति २०७९।०७।०२ गतेको नेपाल राष्ट्र बैङ्कबाट प्राप्त सम्पूर्ण बैकलाई लेखिएको पत्र पाना-२ (दुई),

७१)-मिति २०७९।०७।०३ गतेको प्रतिवादीको औँठा छाप अभिलेख पाना-१ (एक),

७२)-मिति २०७९।०७।०३ गतेको फोटो सहितको अभिलेख पाना-१ (एक),

७३)-मिति २०७९।०७।०३ गतेको प्रतिवादी सन्दीप लामिछानेको फोटो भएको पाना-१ (एक),

७४)-मिति २०७९।०७।०३ गतेको Cricket Association of Nepal  ले खुलाई पठाइएको पत्र पाना-१ (एक),

७५)-मिति २०७९।०७।०३ गते एन आई सी एसिया बैङ्क लिमिटेडबाट प्राप्त पत्र सहितको कागजात पाना-२ (दुई),

७६)-मिति २०७९।०७।०३ गतेको सिसिटिभी फुटेज, कल विवरण विश्लेषण गरी प्रतिवेदन लेखी पेस गरेको प्रहरी प्रतिवेदन पाना-५ (पाँच),

७७)-मिति २०७९ ।०७।०६ गतेको चौथो पटक म्याद थप पत्र पाना-२ (दुई) ।

७८)-मिति २०७९ ।०७।०६ गतेको भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट खुलाई पठाइएको पत्र समेतका कागजात पाना-२(दुई) ,

७९)-मिति २०७९ ।०७।०६ गतेको सहकारी विभागलाई लेखिएको पत्र पाना -१(एक),

८०)-मिति २०७९ ।०७।०६ गतेको खटाइएको पत्र पाना -१(एक),

८१)-मिति २०७९ ।०७।०६ गतेको प्रहरी प्रतिवेदन पाना -१(एक),

८२)-मिति २०७९ ।०७।०६ गतेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई लेखिएको पत्र पाना-१(एक),

८३)-मिति २०७९ ।०७।०६ गतेको यातायात व्यवस्था कार्यालय गुर्जुधारालाई लेखिएको पत्र पाना-१(एक),

८४)-मिति २००७९०७।०६ गतेको यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई लेखिएको पत्र पाना-१(एक)।

सम्बन्धित समाचार

१५ कात्तिक, २०७९, १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।