काठमाडौं : बलात्कार पीडित किशोरीलाई क्षतिपूर्ति भराउन जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले सन्दीप लामिछानेको बैङ्क खाता र उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न अदालतमा सिफारिस गरेको छ।
सोमबार १२ वर्ष कैद माग गर्दै काठमाडौँ जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उनको एनआइसी एसिया बैङ्कमा रहेको खाता रोक्का राख्न सिफारिस गरिएको छ जसमा केवल ६५ हजार २ सय ९८ रुपैयाँ मात्र छ।