काभ्रे नमोबुद्धको वडा एकमा गणेश लामाको जेठान र गोकुलको ज्वाइँबिच प्रतिस्पर्धा

काभ्रे नमोबुद्धको वडा एकमा गणेश लामाको जेठान र गोकुलको ज्वाइँबिच प्रतिस्पर्धा

काठमाडौँ : काभ्रेको नमो बुद्ध नगरपालिकाको वडा नम्बर एकको वडाध्यक्षमा रोचक भिडन्त हुने भएको छ। सो वडामा कांग्रेस र एमालेबाट उम्मेदवार बनेका दुवै नेताका परिवारका सदस्य हुन्।

एकमा कांग्रेसबाट उम्मेदवार बनेका छन् गणबज्र लामा। उनी गणेश लामाको जेठान हुन्। योभन्दा अगाडि लामाको ससुरा कर्म ग्याल्बो लामा वडाध्यक्ष थिए। अहिले जेठान उम्मेदवार बनेका छन्।

लामाले आफ्नो परिवारको सदस्यलाई टिकट दिलाएपछि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ। सो वडामा कांग्रेसका स्थानीय नेता प्रेम लामा स्वतन्त्र उम्मेदवार बनेका छन्। पहिला उनी वडा सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए।

त्यही वडामा एमालेबाट गोकुल बास्कोटाका भान्जीज्वाईँ नीरोज पाण्डे वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले उम्मेदवारी दाबी गरे लगत्तै अन्य प्रतिष्पर्धीले टिकटको माया मारेका थिए। उनले गोकुलको साइनोकै कारण टिकट पाएको भन्दै एमालेका स्थानीय नेताहरू अशन्तुष्ट छन्। बास्कोटा ज्वाइँको पक्षमा माहोल बनाउन रिसाएका स्थानीय नेताहरुलाई फकाउन लागेका छन्।

वडा नम्बर २ मा लामाले इट्टा व्यवसायी कविराज श्रेष्ठलाई उम्मेदवार बनाएका छन्।

२२ बैशाख, २०७९, २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।