कभर स्टोरी

दोहोरो बन्दुकले च्यापिएकाहरू- २

एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्


काठमाडौं : तीन दिनपछि नेपाल बन्द खुल्यो। हतारमा थिए, दोलखाका कृष्णबहादुर घिसिङ। कोरिया जाने भिसा लागेको थियो। काठमाडौं आएर कागजात मिलाउनुपर्ने थियो।

पेसाले ड्राइभर कृष्ण जिरी-काठमाडौंको सार्वजनिक बस चलाउँथे। बन्द खुलेको बिहानै दुई छोरा र श्रीमतीलाई ‘लौ म त काठमाडौं हिँडे’ भनेर घरबाट निस्किए। जिरीको काउन्टरमा पुगे। काउन्टर खुलिसकेको थियो। त्यहीँ थिए, यातायात व्यवसाय अन्य साथी।

यात्रुहरु काठमाडौं जानका लागि लामबद्ध भएर बस चढिरहेका थिए। जिरीमा बिहानै चिसो थियो। काउन्टर नजिकैको चिया पसलमा तातो चिया खाए उनले। साथीहरुलाई सोधे, ‘अब बस चलाउने कि?’

बिहान ५ बजे चलाउनुपर्ने बस बाटोमा केही अवरोध होला भनेर रोकिएको थियो। ६ बज्न केही मिनेट मात्रै बाँकी रहँदा उनी बसमा चढे। ६ बज्यो, बस हुइँकियो काठमाडौंका लागि। 

ब्युँझिदा अस्पताल
बसमा ३५ जना यात्रु सवार थिए। यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्‍याउने जिम्मा थियो घिसिङको। उनी आफैं पनि काठमाडौं जान उत्साहित थिए किनकी कोरिया गएर पैसा कमाउने धोको जो थियो।

मनभरि सपना बोक्दै गाडी चलाउँदै थिए। गाडी अहिलेको भूमेश्वर नगरपालिकास्थित हलहले खोला नजिक पुग्यो। बाटो पूरै पिच भए पनि खोलाको पुल उक्लने ठाउँनेर पिच भत्किएको थियो। जब त्यहाँ गाडि पुग्यो तब कृष्णले केही थाहा पाएनन्। उनले त्यतिबेला मात्रै थाहा पाए जतिबला उनी अस्पतालको बेडमा थिए। ‘गाडी आफ्नै सुरुले कुदिरहेको थियो,’ उनले भने, ‘ब्युँझिदा अस्पतालमा थिएँ, केही थाहा नै पाइनँ।’

२०५९ साल कात्तिक २८ गते माओवादीले दोलखाको हलेरी खोलाको पुलमा एम्बुस थाप्यो। सार्वजनिक बसमा सेना र प्रहरी आएका छन् भन्ने सूचनाको आधारमा माओवादी कार्यकर्ताले एम्बुस थापेका थिए। बिहान बजे त्यहाँ पुगेको कृष्णको बस त्यही एम्बुसमा पर्‍यो। ३५ जना यात्रुमध्ये २२ जना घाइते भए। २ जनाको ज्यान गयो। ३ जनाको ढाड भाँचियो। केहीले हात गुमाए, केहीले गोडा गुमाए। 

ब्युँझदा उनी दोलखा सदरमुकाम चरिकोटको अस्पतालमा थिए। घाउ दुखिरहेको थियो। ढाड उठ्नै नसक्ने भएको थियो। हात भाँचिएको थियो। हातसँगै कृष्णको कोरिया जाने सपना पनि भाँचियो।

‘हाम्रो बसको पछिपछि अर्को बस रहेछ। त्यही बसले सदरमुकाम ल्याएछ,’ उनले भने, ‘स्लाइन पानी चढाएर हामीलाई सेनाको हेलिकोप्टरबाट छाउनी अस्पताल ल्याइएछ।’

बाजा बज्दा पनि तर्सन्छन् कृष्ण 
छाउनी अस्पतालको बसाइ निकै कष्टकर बन्यो कृष्णको। शरीरको दुखाइले हैरान भए। घरमा श्रीमती तथा ३ र ४ वर्षका दुई छोरा थिए। अस्पताल बसाइभर घरै सम्झिए उनले। १९ दिन त उनी आइसियुमा बसे।

लामो समयको अस्पताल बसाइपछि कृष्ण डिस्चार्ज भए। डिस्चार्ज हुँदा उनको शरीरको कम्मरदेखि मुनिको भाग चल्दैनथ्यो। देब्रे हात भाँचिएको थियो। उनी अब ह्विल चेयरबिना बस्न नसक्ने भए। सुत्दा पनि अरुकै सहयोग चाहिने भयो। 

‘जिन्दगीमा के सोचेको थिएँ, के भयो। के लागि युद्ध भएको थियो अहिले पनि बुझ्दिनँ। युद्धले म जस्ताको जिन्दगी त बर्बाद नै भयो। सुरुवातमा आफूलाई सम्हाल्न निकै गाह्रो भयो,’ कृष्ण विगत सम्झन्छन्।

दोहोरो बन्दुकले च्यापिएकाहरू - १ : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

१९ दिनपछि आइसियुबाट निस्कँदा कृष्णको कानमा पहिलो आवाज १०० मेघहर्जको एफएम बजेको धुन परेछ। त्यो कुनै बाजा बजेको थियो। त्यो बाजा बज्दा पनि उनी डराएछन्। अहिले पनि उनी बाजा बज्दा तर्सन्छन्। झस्कन्छन्। ‘एम्बुसमा परेको बेला त मैले कसरी बम विस्फोट भयो भन्ने थाहा पाइनँ,’ उनले भने, ‘तर अहिले पनि बाजा बजेको आवाज आयो भने तर्सन्छु।’

रामचन्द्र पौडेललाई बोक्न लगाउँदा 
चार जनाको सानो परिवार। सार्वजनिक बस चलाएर कृष्णले परिवार पालेका थिए। कमाउन कोरिया जाने तयारीमा थिए। जसै एम्बुसमा परे, उनको दैनिकी फेरियो। ह्विल चेयरको बास भयो। नित्यकर्म गर्न समेत अरुको सहयोग चाहिने भयो। विभिन्न संघसंस्थाले उनलाई सहयोग गरे।

कृष्णकी श्रीमती युएनमा सहयोगीको रुपमा काम गर्छिन्। उनले चरिकोटमामा साइबर खोले। फोटोकपी गर्ने, कम्प्युटर सिकाउने, फोटो प्रिन्ट गर्ने लगायतका काम गरेर जीविका चलाइरहेका छन्। तर उनलाई मनमा भने चिसो पसेको रहेछ। अरुलाई त्यस्तो दुःख दिनेलाई किन कारबाही हुँदैन। ‘हामीलाई जसले दुःख दिए, उनीहरु अहिले केही बिराम नगरेजसरी हिँडिरहेका छन्,’ उनले भने, ‘केही न केही कारबाही त हुनुपर्ने होइन?’ 

दूरदराजका पीडितको जस्तै उनको नाम पनि सरकारले द्वन्द्वपीडितको सूचीमा नराखेको रहेछ। २०६३ पछि शान्ति मन्त्री भएका रामचन्द्र पौडेललाई पटकपटक भेट्न जाँदा पनि कुनै काम नगरेको उनी बताउँछन्।

‘विभिन्न कार्यक्रमहरुमा भेट हुन्थ्यो। भेट्दा पनि उहाँले पीडितको सूचीमा राख्छौं भन्नुहुन्थ्यो तर राख्नुभएन। एक हिसाबले भन्ने हो भने हामीलाई विद्रोहीले तारो बनाउँदा सरकारले सुरक्षा नदिएको हो कि होइन? अनि हामीलाई सहयोग गर्नुपर्दैन?,’ उनी भन्छन्।

२०६४ सालमा अन्नपूर्ण होटलमा कार्यक्रम भयो पीडितहरुको। प्रमुख अथिति थिए, शान्ति मन्त्री रामचन्द्र पौडेल। कृष्णले दुःख महसुस नगरी नेताले काम गर्दैनन् भनेर अक्कल लगाए र प्रस्ताव पनि गरे। शरीर नचल्दा कति दुःख हुन्छ र ओछ्यान सार्न कति कठिन हुन्छ भनेर रामचन्द्र पौडेललाई बोकेर अर्को स्थानमा सार्न भने। पौडेलले सकेनन्। अनि कृष्णले भनिदिए, ‘हामी जस्ता व्यक्तिहरुलाई तपाईंहरुले सहयोग गर्नुपर्ने हो कि होइन?,’ पौडेल केही बोलेनन्।

लडाकु र सेना मात्रै होइनन् पीडित 
सरकारले कृष्ण घिसिङहरुलाई द्वन्द्वपीडितको सूचीमा राखेको छैन। त्यसैले उनीहरु पीडितले पाउने सेवा-सुविधाबाट बञ्चित छन्। कृष्णको प्रश्न छ, ‘द्वन्द्वपीडित भनेका माओवादी लडाकु र सेना मात्रै हुन्? अनाहकमा एम्बुसमा पर्ने आमनागरिक चाहिँ के हुन्?’

दोहोरो बन्दुकले च्यापिएकाहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपालले समात्नुपर्ने यस्ता छन् भारतीय सुटर, तर खोज्दैनन् कुनै निकायले

अर्का वीरगञ्ज-१५ का १९ वर्षका रेहान मियाँ। उनीमाथिको आरोप पनि हत्याको योजनाकार तथा हतियार व्यवस्थापनकै छ। तेस्रो व्यक्ति मकवानपुर-१ की २१ वर्षीया सुमी भन्ने सुस्मिता....

चर्को विवादपछि फेरिएको महाकवि देवकोटाको कविकुञ्ज, फुरुङ्ग छन् छोराछोरी 

फोटो पत्रकार कृष्पा श्रेष्ठ र म डराई–डराई माथि उक्लेर फोटो खिचेका थियौं। फोटो खिच्न केही बेर लाग्दा अम्बिकादेवीले तलबाट बोलाउँदै थिइन्, ‘छिटो झर्नुस् गेलुवा झरेर....

जाली भारूमा जोडिँदा थ्रेटमा पूर्व एआईजीदेखि खेलाडीसम्म, ज्यान जोगाउन युनुस र इल्ताफ जेलमा

जाली भारतीय रूपैयाँसहित युनुससँगै तीन जना नेपाली र तीन जना पाकिस्तानी नागरिक पक्राउ परे। अन्सारी, नसरुद्दिन अन्सारीसँगै सुजन रानाभाट, रोयल खान अनि पाकिस्तानी नागरिक मोहम्मद....

भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख

किनकी नेपालको सुरक्षा संगठनको सूचीमा बब्लु श्रीवास्तब भारतीय नागरिक भनेर लेखिए पनि उनी भारतीय मात्र हैन नेपाली नागरिक समेत हुन्। भारतमा बब्लु श्रीवास्तब रहेका उनको....

जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्‍याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी

समितिले अनुसन्धानको केस्राहरू केलाएर भएका सुरक्षा चुकहरू उल्लेख गर्‍यो। जमिम मारिएको १३ वर्षपछि गोठाटारमा लाल मोहम्मद मारिए उसै गरी। जमिम हत्याको अनुसन्धानमा प्रहरीबाट जेजस्ता चुक....