राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। प्रत्याशी कमल थापालाई २ सय मतान्तरले पराजित गर्दै लिङदेन राप्रपाको अध्यक्षमा निर्वाचित भएका हुन्। 

आइतबार सकिएको मतगणनामा लिङदेनले १ हजार ८१७ मत ल्याए भने प्रत्याशी थापाले १ हजार ६१७ मत पाए।

३८६५ मत खसेको थियो। अध्यक्षमा खसेको मत मध्ये ४३१ मत बदर भएको छ।

उपाध्यक्ष खुल्लामा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुबबहादुर  प्रधान विजयी भएका छन्। उपाध्यक्ष महिलामा रोशन कार्की विजयी भएकी छन्। महामन्त्रीमा धवलशमसेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन्। 

पाण्डेले २हजार ५२१, तामाङले १ हजार ९४४ र प्रधानले १ हजार ८१४ मत पाएर विजयी भए। महिला उपाध्यक्षमा कार्कीले १ हजार ५८९ मत ल्याएर विजयी भइन। महामन्त्रीमा राणाले २ हजार २२१, पाठकले १ हजार ७०५ र शाहीले २ हजार ८ पाए। महामन्त्रीमा पराजित रेखा थापाले १ हजार ६४० मत प्राप्त गरिन। 

यस्तै जनजाति खुल्लातर्फ आङनिमा शेर्पा, दीपककुमार राई, राजेन्द्र प्रसाद श्रेष्ठ, मनमाया गुरुङ, कुलबहादुर गुरुङ, लालध्वज लामा, डाक्टर भिमसेन गुरुङ, भिमसेन तामाङ, पदमबहादुर तामाङ, प्रविणकुमार थोकर, गंगामाया तामाङ, देवेन्द्र प्रधान, लालकुमार लामा, शालिग्राम माझी विजयी भएका निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले जानकारी दिए। 

१९ मंसिर, २०७८, ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।