क्यान इन्फोटेकको २७ औँ संस्करण माघमा हुने  

क्यान इन्फोटेकको २७ औँ संस्करण माघमा हुने  
तस्बिर : क्यान महासंघ

काठमाडौँ : क्यान इन्फोटेकको २७ औँ संस्करण माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।

इन्फोटेकको २७ औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने भने पनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। माघ १८ देखि हुने २७ औँ संस्करण ६ दिन सम्म चल्ने क्यान महासङ्घले जनाएको छ। 

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने क्यान महासङ्घले उल्लेख गरेको छ। 

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेस्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहने गरी तयारी गरिएको महासङ्घले जनाएको छ। 

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेकट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैङ्किङ सोल्युशन, सिसिटिभी र हार्ड डिस्क, आइओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैङ्क, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिए। 

१८ मंसिर, २०७८, २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।