कांग्रेस सुनसरीमा उम्मेदवार अनुपस्थित भएपछि मतदान स्थगित 

कांग्रेस सुनसरीमा उम्मेदवार अनुपस्थित भएपछि मतदान स्थगित 

इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को मतदान हुने कार्यक्रम स्थगित भएको छ। 

बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको मतदान अधिकृत देव नारायण यादवले जानकारी दिनु भएको छ। 

मतदान कार्य सुरु गर्नु अघि मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू केही अनुपस्थित रहेकाले मतदान कार्य सुचारु गर्न कठिनाइ भएको यादवले निकालेको सूचनामा उल्लेख छ। 

सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म मतदान कार्य लगायत निर्वाचन सम्बन्धी सबै कार्यक्रम स्थगन गरिएको लेखिएको छ।

९ मंसिर, २०७८, १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।