राप्रपा अध्यक्ष उम्मेदवारी घोषणा गर्दै राजेन्द्रले भने: अब हरुवा हैन जितुवा पार्टी बनाउँछु

राप्रपा अध्यक्ष उम्मेदवारी घोषणा गर्दै राजेन्द्रले भने: अब हरुवा हैन जितुवा पार्टी बनाउँछु

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राजेन्द्र लिङदेनले पार्टीलाई हरुवा हैन जितुवा पार्टी बनाउने दाबी गरे।

धवल शमशेर राणासँग सहकार्य गर्दै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले राप्रपालाई कुनै दलको भाइ पार्टी बनाउने, गठबन्धन गरेर १०-१५ सिट ल्याएर फेरि सरकारमा जाने लक्ष्य लिनु घातक भएको बताएका थिए।

'गठबन्धन गर्न पर्यो भने पनि विचार र आवश्यकताको आधारमा हुनुपर्छ। पहिल्यै फलानो पार्टीको भाइ पार्टी राप्रपा हुन सक्दैन,' उनले भने' लक्ष्य केही सिट जितेर सरकारमा जाने हैन। पहिलो पार्टी बन्ने हो।'

उनले नेतृत्वमा देखिएको वैचारिक अन्योलका कारण पार्टीको जनाधार खस्किएको भन्दै प्रश्न सोधे' २ लाख भोट आएको काठमाडौँमा १० हजार मात्र किन आयो भनेर हामीले विवेचना गर्न किन सकेनौ?'

उनले एक व्यक्ति एक पदको अवधारणा लागू गरेर संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रस्ट विचार बोकेर अगाडि बढ्न अध्यक्षमा उम्मेदवारी दिएको बताए। उनको घोषणा सभामा धवल, रेखा थापा लगायता नेता थिए।

९ मंसिर, २०७८, १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।