सिन्धुपाल्चोकमा काँग्रेसको संस्थापक समूहको पकड, इतर समूह खुम्चियो

सिन्धुपाल्चोकमा काँग्रेसको संस्थापक समूहको पकड, इतर समूह खुम्चियो

राजधानी काठमाडौँसँग जोडिएको यो जिल्लामा केन्द्रमा रहेका अर्जुननरसिंह केसी, शेखर कोइराला, मिनेन्द्र रिजाल अनि गगन थापासम्मको प्रभाव रहेको जिल्लाको रूपमा हेरिन्छ। तर पार्टीको पालिका निर्वाचनको नतिजा भने उल्टो आयो।

जिल्ला सभापति विकास लामा संस्थापन इतरका हुन्। केन्द्रीय सदस्य मोहन बस्नेत संस्थापक समूहका।

जिल्लाका १२ स्थानीय तहमा भएको निर्वाचनमध्ये आठ पालिकामा संस्थापन पक्षका उम्मेदवारले जितेका छन्। तीन पालिकाको सहमतिमा सर्वसम्मत छानिएको थियो। नौ पालिकामा प्रतिस्पर्धा भएको थियो।

जुगल गाउँपालिका सभापतिमा सगुन श्रेष्ठ सर्वसम्मत भए। आपराधिक पृष्ठभूमिका उनी संस्थापक समूहका हुन्। इन्द्रावती गाउँ पालिकामा सर्वसम्मत जीवन थापामगर चुनिए। उनी संस्थापनइतरका हुन्।

साँगाचोकगढी नगरपालिकामा संस्थापनइतरका इन्द्रलोचन धिताल सर्वसम्मत सभापति भए। पाँच पोखरी थाङपाल गाउँपालिका सभापतिमा प्रेम दोङ निर्वाचित भए। उनी संस्थापनइतर खेमाका हुन्।

भोटेकोसी गाउँपालिकामा देवीबहादुर बुढाथोकी सभापति भए। उनी तेस्रो धारका हुन्। संस्थापनबाट साङ्बो शेर्पा र संस्थापनइतरबाट मुके शेर्पा उम्मेदवार थिए।

संस्थापनबाट  बाह्रबिसेमा शम्भु तिमिल्सिना, त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनलाल श्रेष्ठ, सुनकोसी गाउँपालिका रूपकाजी लामा,बलेफी गाउँपालिमा रामकुमार लामा, मेलम्ची नगरपालिकामा वसन्त गुरुङ निर्वाचित भए।

यसैगरी हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी, लिसंखुपाखर गाउँपालिका जोगलाल तामाङ विजयी भएका छन्।

७ मंसिर, २०७८, २३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।