एंकर न्युज

दशैं विशेष

पृथ्वीनारायण शाहलाई कान्तिपुरमाथि विजय हासिल गर्न शक्ति प्रदान गर्ने भैरवी

पुष्पा थपलिया


आज दशैंको छैटौं दिन, अर्थात कात्यायनी देवीको पूजा अराधना गरिने दिन। 

धार्मिक विश्वासअनुसार यदी घरमा कोही अविवाहित छन् र विवाहमा बाधा अवरोध सृजना भएको छ भने मह चढाएर कात्यायनीको पूजा अराधना गरेमा कार्यसिद्धि हुनेछ। कात्यायनी माताको पूजा अराधनाले मनले चाहेको व्यक्ति प्राप्त हुने विश्वास छ।

यस्तै आकर्षण र सुन्दरताका लागि पनि कात्यायनीको पूजा अराधना गरिन्छ। 

कात्यायनी माताको आफ्नै कथा छ। परापूर्वकालमा ‘कत’ नाम गरेका ऋषिका 'कात्य' नाम गरेका पुत्र थिए। तिनै कात्यको गोत्रमा ऋषि कात्यायन जन्मिए। कात्यायनले पनि तपस्या गरे र पुत्रीलाई जन्म दिए। उनी नै पछि 'कात्यायनी देवी'का नामले प्रसिद्ध भइन्। 

यो थियो नवदुर्गामध्येकी छैटौं देवीको चर्चा। अब लागौं आजको शक्तिपीठको दर्शन गर्न। आज हामी तपाईंहरूलाई भैरवीको दर्शन गराउँछौं। 

राजा दक्ष प्रजापतिले छोरी सतिदेवी र ज्वाइँ महादेवलाई महायज्ञमा बोलाएनन्। आफ्नो बाबुले बिर्सेर नबोलाएका होलान् भन्ने सोचेर सतिदेवी यज्ञमा सहभागी हुन गइन्। 

तर दक्षप्रजापतिले छोरी सतिदेवी र ज्वाइँ महादेवको निकै अपमान गरे। आफ्नो श्रीमानको अपमान सहन नसकेर सतिदेवी त्यही यज्ञमा हाम फालिन्। र प्राण त्याग गरिन्।

यता महादेव सतिदेवीको मृत शरीर बोकेर भौंतारिन थाले। उनी पागल जस्तै भए। देवलोकमा महादेवको यो हालतबारे ठूलै हल्लाखल्ला मच्चियो। देवताहरू महादेवलाई यो अवस्थाबाट निकालेरै छाड्ने भन्दै योजना बनाउन लागे। 

उनीहरूले त्यसपछि माखाको उत्पत्ति गराए र सतिदेवीको शरीरमा पठाए।

माखाले बिस्तारै सतिदेवीको शरीर सडाउन थाल्यो। यता महादेव सतिदेवीको शरीर बोकेर हिँड्दा हिँड्दै काठमाडौंको गोकर्णमा पुग्दा सतिदेवीको देब्रे कान पतन भएछ। त्यही स्थानलाई भैरवीदेवीको स्थान भनिएको हो। 

भैरवीको मन्दिरको इतिहास शाहवंशीय राजाहरूबाट सुरु हुन्छ। 

ठोस प्रमाण नभए पनि नुवाकोट विजय गर्नुपूर्व राजा पृथ्वीनारायण शाहले भैरवीसँग शक्ति मागेका थिए। भैरवीले नै उनलाई कान्तिपुर विजय गर्ने शक्ति प्रदान गरेको पनि जनविश्वास रहेको छ।

नुवाकोटमा पृथ्वीनारायण शाहले भैरवीको मन्दिर पनि निर्माण गरेका थिए। भैरवीलाई पृथ्वीनारायण शाहको इष्टदेवीका रूपमा मानिने चलन पनि छ।

त्यसो त, नेपाल संवत् ५६१ को अभिलेखमा भने भैरवी धेरैअघि नै स्थापना भएको प्रमाण भेटिन्छ। 

भैरवीको पूजा बडादशैं र चैतेदशैंमा धुमधामको साथ हुने गर्दछ। भैरवीलाई बोका, राँगा, सुँगुर गरी सबै देविदेवता सम्झेर १८ वटा बलि दिनुपर्ने विधान छ। 

भैरवी शक्तिको प्रतीक भएकीले पनि दशैंमा यिनको उपासना गर्ने चलन चलेको हो।

बडादशैंको अवसर पारेर यो मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ। भैरवीको पूजा अराधना गरे शक्ति प्राप्त हुने जनविश्वास चलिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाबुले अमेरिकाको ग्रिन कार्ड त्यागेर गाई पाल्न थाले, बेलायतमा डिग्री पढेको छोरो फर्किएर व्यवसाय सम्हाले

विदुरको बाल्यकाल रुपन्देहीमै बित्यो। नर्सरी देखि १०  कक्षासम्म तिलोत्तमा सिद्धार्थ बोर्डिङमा पढेका उनले प्लस टु न्यु होराईजनबाट गरे। त्यसपछि थप शिक्षाका लागि उनी बेलायत गए।....

गाँजा खेती खुला गर्ने विधेयक: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, 'उहिलेका माग खुइलिए'

गैर सरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको समर्थनमै छन् तामाङ। उनले पार्टीको अधिवेशनमा व्यस्त हुनु परेकाले हाल यो....

सदस्यता माग्दै ९५ दिनदेखि काँग्रेस कार्यालयमा अनशनमा छन् पूर्व राज्यमन्त्री, तर भएन सुनुवाई

नेपाली काँग्रेसको टिकटबाट ०४८ मा रौतहट क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित भए। ०५१ मा पनि सोही क्षेत्रबाट सांसद बनेका उनी ०५४ मा स्वास्थ्य राज्य मन्त्री....

बेमौसमी बाढीले संक्रामक रोग फैलाउने जोखिम

बाढी-पहिरोजन्य समस्याका कारण सामान्यतः पानीजन्य, कीटजन्य र हावाजन्य गरी तीन प्रकारका संक्रामक रोगको जोखिम हुने चिकित्सक बताउँछन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले....

भाइरल हजुरआमा: जसले ४९ वर्षको उमेरमा पूरा गरिन् गायिका बन्ने सपना

किन लुकीछिपी? उनी भन्छिन्- 'त्यसबेला गीत गाउने नाच्ने काम सानो जातिले मात्रै गर्छन् भन्ने मान्यता थियो।'  चन्द्रा परिन् ब्राह्मणकी छोरी। उनलाई नाच्न गाउन नपाउँदा निकै....