काठमाडाैंः विराटनगरका लागि उडेकाे बुद्ध एयरकाे विमान साेमबार बिहान विराटनगर विमानस्थल अवतरण हुन नसकेपछि काठमाडाैं फर्किएकाे थियाे। तर साे विमान काठमाडाैं पनि अवतरण हुन सकेन।
उकेरा न्युज
विमानकाे ल्याण्डिङ गियर अर्थात् पाङ्ग्रा नखुलेपछि विमान अवतरण नभएकाे हाे। त्यसबीच झण्डै २ घण्टा विमान आकाशमै हाेल्ड भयाे।
साेमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा प्राविधिक कारण देखाउँदै अवतरण गरेकाे थिएन। काठमाडाैं फर्किएपछि विमानकाे देब्रेपट्टीकाे पाङ्ग्रामा समस्या देखिएकाे थियाे।
बुद्ध एयरका अनुसार त्रिभुवन विमानस्थल अवतरण हुनुअघि विमान झण्डै २४ मिनेट हाेल्ड भएकाे थियाे।
क्याप्टेन एजी शेर्पाले उडाएकाे जहाजमा चालकदलका ४ जना र ७३ यात्रु सवार थिए। बुद्ध एयरका अनुसार विमानलाई फाेर्स ल्याण्डिङ नगरी एस्युअर्ड ल्याण्डिङ गराइएकाे हाे। विमानकाे पाङ्ग्रा खुलेकाे स्पष्ट देखिएपछि विमान अवतरण गरिएकाे हाे।
बुद्ध एयरले घटनाकाे सत्यतथ्य पत्ता लगाउने जनाउँदै छानबिन समिति गठन गर्ने बताएकाे छ।
यसरी अवतरण भयाे विमानः
सुरक्षित अवतरण pic.twitter.com/iqia8kjGab
— Buddha Air (@AirBuddha) September 27, 2021
२०७८ असोज ११ गते १३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।