सत्ता गठबन्धनका नेताहरू बालुवाटारमा 

सत्ता गठबन्धनका नेताहरू बालुवाटारमा 
फाइल तस्बिर

काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन्। 

छलफल मन्त्रालय भागबन्डा गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा केन्द्रीय रहेको स्रोतले बताएको छ। 

२९ भदौ, २०७८, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।