स्वास्थ्य

स्वास्थ्यमा बेथिति : सामग्री खरिदमा अनियमिमतादेखि मेसिनको बेहालसम्म

उपेन्द्र खड्का


काठमाडौं : महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा बेथिति नै बेथिति देखिएको छ। ‘५८ औँ वार्षिक प्रतिवेदन–२०७८’ सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य क्षेत्रमा भएको बेथितिका बारेमा औँल्याएको हो। 

प्रतिवेदनमा स्वास्थ्य सेवा विभागले सूचना प्रकाशन गरेर खरिद गरेको भन्दा सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्दा पीसिआर किट, बेड, पन्जा, रेस्पिरेटर मास्कलगायतका आइटममा बढी परेको देखिएको छ। थर्मोमिटर, गाउनलगायत विभागबाट खरिद गरेको मूल्य बढी भएको देखिएको छ। 

स्वास्थ्य सेवा विभागले सूचना प्रकाशन (टेन्डर) गरेर २० हजार वटा पीसिआर किटको खरिद दर १ हजार ७ सय ३९ मा खरिद गरेको देखिन्छ। तर, सरकार–सरकार प्रक्रियाबाट खरिद गरेको २८ हजार ३ सय ८५ वटा पीसिआर किटको खरिद दर २ हजार २ सय २० रहेको देखिएको महालेखाले जनाएको छ। जुन विभागले टेन्डर आह्वान गरेर खरिद गरेको किट भन्दा सरकार–सरकार खरिद गरेको किट १२ प्रतिशत महँगो परेका देखिन्छ।

त्यसै गरी सरकार–सरकार प्रक्रियाबाट खरिद गरेको ५ हजार ३ सय ३९ वटा इन्फ्रारेटर थर्मोमिटरको खरिद दर ५ हजार ७६ देखिन्छ। तर, विभागले टेन्डर आह्वान गरी खरिद गरेको ९ सय वटा इन्फ्रारेट थर्मोमिटर खरिद ६ हजार ४ सय १९ देखिएको महालेखाले जनाएको छ। जुन सरकार–सरकार प्रक्रियाबाट खरिद गरेको थर्मोमिटर भन्दा विभागले खरिद गरेको थर्मोमिटर १२ प्रतिशतले बढी  मूल्य परेको देखिन्छ। 

पिपिईको खरिदमा गडबडी देखिएको छ। विभिन्न अस्पतालहरूले खरिद गरेको पिपिई सेटको मूल्य पनि फरक देखिन्छ। महालेखाको प्रतिवेदन अनुसार भेरी अस्पतालले ३ हजार ८ सय २५ मा खरिद गरेको पिपिई सेट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले ४ हजार ४ सयमा खरिद गरेको देखिन्छ।

सोही पिपिई सेट गजेन्द्र नारायण सिंह अस्पतालले ३ हजार ३ सय ९० मा खरिद गरेको देखिन्छ। यसरी ३ अस्पतालको तुलना गर्दा भरतपुर अस्पतालले सबैभन्दा बढी मूल्यमा पिपिई सेट खरिद गरेको देखिन्छ।

वीरको बेथिति

वीर अस्पतालको हालत उस्तै छ। वीर अस्पतालले क्यान्सर रोगको उपचारका लागि २०७५ सालमा खरिद गरेको ४७ करोड ९० लाख ६० हजारको सिटी सिमुलेटर मेसिन र टोमोथेरापी मेसिन ३ वर्षभन्दा बढी समय बितिसक्दा पनि जडान नगरी सशस्त्र प्रहरी बल, हल चोकमा राखेको अवस्था रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सो मेसिन जडान गरी क्यान्सरका बिरामीको सेवा प्रवाह गर्नुपर्ने महालेखाले औँल्याएको छ। यस विषयमा निरन्तर रूपमा उकेराले समाचार सम्प्रेषण गर्दै आएको छ।

वीर अस्पतालमा यो वर्ष २ अर्ब ३३ करोड ६ लाख ९७ हजार खर्च गरी ३ लाख ७५ हजार ६ सय ७९ जना बिरामीलाई स्वास्थ्य सेवा दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

अस्पतालमा रहेका एक–एक वटा १६ स्लाइसको सिटी स्क्यान मेशिन, पल्मोनरी फन्सण्टेड मेसिन र ४ वटा ग्यास्ट्रो इन्डोस्कोपी बिग्रेर पउपयोग विहीन भएका छन्।

महालेखाको प्रतिवेदन अनुसार गत वर्ष एक गैर सरकारी संस्थाबाट प्राप्त भएको २ करोड ५३ लाख मूल्यको फाइब्रोस्क्यान मेसिन समेत वीर अस्पतालले जडान नगरी राखेको छ।

अस्पतालमा उपचार सम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने, समयमा नै सेवा उपलब्ध नहुने जस्ता अवस्था रहेको प्रतिवेदनले औँल्याएको छ।  

अस्पतालले सामान्यदेखि जटिल प्रकारको उपचार गर्दै आएको र प्रत्येक वर्ष बिरामीको चाप समेत बढ्दै गएकोले सेवा प्रवाहको गुणस्तर सुधार गर्न अस्पतालले ध्यान दिनुपर्ने महालेखाले सुझाएको छ।

नारायणीमा झन्डै ५ करोडको क्याथल्याब मेसिन प्रयोग विहीन

नारायणी अस्पतालले मुटुको शल्यक्रिया गर्न प्रयोग गरिने ४ करोड ९२ लाख १० हजार मूल्यको क्याथल्याब मेसिन एक आपूर्तिकाबाट २०७६ चैतमा प्राप्त गरे पनि सो मेसिन जडान नगरी खुल्ला रूपमा राखेको छ। 

अस्पतालको नयाँ भवन निर्माण गरेर मेसिन जडान गर्ने जनाए पनि हालसम्म भवन निर्माण नभएको महालेखाले जनाएको छ। महालेखाको प्रतिवेदन अनुसार नारायणी अस्पतालमा एक मात्र रहेको सिटी स्क्यान मेसिन बिग्रिएर प्रयोगमा आउन सकेको छैन। त्यसै गरी अस्पतालमा इकोकार्डियो उपकरण मर्मत नहुँदा मुटुका बिरामीहरूले सेवा लिन पाएका छैनन्। त्यस्तै एमआरआई, सिटी स्क्यान तथा आइसियु बेड उपलब्ध नभएकाले भर्ना भएको ४ सय १३ बिरामीलाई अन्यत्रै रेफर गरेको समेत महालेखाले औँल्याएको छ।

बिपीको बेहाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि अवस्था उस्तै छ। प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएको मेसिन उपकरणहरूको समयमा मर्मत सम्भार गरी सेवा प्रवाह प्रभावकारी बनाउन महालेखाले सुझाएको छ। प्रतिष्ठानमा रहेको ९ करोड ७२ हजारमा खरिद गरेको टोमोथेरापी, सिटी स्क्यान, भेन्टिलेटर, सिरिन्ज पम्प लगायत १९ किसिमका उपकरण तथा मेसिनहरु चालु अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ। जसले गर्दा सेवा प्रवाहमा प्रभाव परेको र खरिद खर्च उपलब्धिविहीन भएको महालेखाले औँल्याएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३५ बढी जाँच खोइ?

मुलुकको एक मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक भवन, स्थान, उपकरण तथा जनशक्तिको अभावका कारण मानव अङ्ग प्रत्यारोपण गर्दा गरिने एचएलए टाइपिङ टेस्ट, बाथ रोग पत्ता लगाउन गरिने एचएलबी २७ टेस्ट, बाथ रोगको अवस्था थाहा पाउन गरिने एन्टी सीसीपी टेस्ट प्रवाह हुन नसकेको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुकुरमा लाग्ने फित्ते जुका मानिसको शारीरमा पुगेको पत्ता लगाउन गरिने इकाइनोकोसिस एन्टिबडी टेस्ट, मानव जिन र क्रोमोजोमको अवस्था थाहा पाउन गरिने मोलिकुलर टेस्ट लगायतका ३५ भन्दा बढी प्रकारका परीक्षण सेवाहरू प्रवाह हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

त्यसै गरी कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कोभिड सङ्कट व्यवस्थापन केन्द्रले ३ सय ९८ किसिमका सामग्रीको खरिद गर्नुपर्ने भन्दै सूचि तयार गरेको महालेखाले जनाएको छ। 

महालेखाका अनुसार ३८ किसिमका व्यक्तिगत सुरक्षाका सामानहरू, २० किसिमका प्रयोगशालाका उपकरण, १ सय ८५ किसिमका अत्यावश्यक औषधिहरू लगायत अक्सिजन प्लान्ट, एम्बुलेन्स, शव वाहन भ्यानलगायत खरिद गर्नुपर्ने सुची केन्द्रले तयार गरेको थियो। तर, स्ट्रेचर, शव वाहन, एम्बुलेन्स, लण्ड्री ट्रली लगायत २ सय ७८ प्रकारका औषधि र स्वास्थ्य सामग्री खरिद नगर्दा कोरोना भाइरस रोकथाम तथा उपचार लगायतको सेवा प्रवाहमा असर परेको देखिएको महालेखाले जनाएको छ। त्यसै गरी एउटा भारतीय फर्मबाट ५३ प्रकारका औषधि तथा औषधिजन्य सामग्री खरिद गर्ने भनिए पनि औषधि खरिद हुन नसक्दा कोभिड–१९ रोकथाम तथा उपचार प्रभावित भएको महालेखाले औंल्याइएको  छ।

प्रतिवेदनमा अस्पतालले दिने सेवाको अवस्था बेहाल देखिन्छ। अस्पतालमा भएका मेसिनहरू पनि सञ्चालन नहुँदा एकातर्फ मेसिन थोत्रिएका छन्। अर्कातर्फ बिरामीले सेवा लिनबाट वञ्चित हुनुपरेको छ।

बेहाल टेकु अस्पताल

त्यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट प्राप्त विवरण अनुसार अस्पताल अन्तर्गत रहेका ११ भवनमध्ये ९ वटा भवन ४२ वर्ष पुरानो रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। सरुवा रोग अस्पतालमा बिरामी प्रतीक्षालय साँघुरो भएका कारण बिरामी बाटोमा उभिनु परेको, विभिन्न प्रकारका सरुवा रोगका बिरामी एकै स्थानमा रहनुपरेको, शौचालय र पार्किङ स्थल पर्याप्त नभएको जस्ता समस्याले अस्पताल सञ्चालनमा कठिनाइ देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै वर्ष सरुवा रोगको बिरामी बढ्दै गएको तथा हाल महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन अस्पतालको क्षमता पर्याप्त नभएकाले तत्कालै गुरु योजना स्वीकृत गरी अस्पताल पूर्वाधारमा सुधार गर्नु पर्ने महालेखाले सुझाएको छ।

महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कोभिड–१९ सम्बन्धी १ खर्व, ३५ अर्ब, ४३ करोड ९० लाख खर्च भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....