एमाले केन्द्रीय कमिटी बैठक : स्पष्टीकरण निर्णय प्रक्रियामा, आइसकेको भने छैन

एमाले केन्द्रीय कमिटी बैठक : स्पष्टीकरण निर्णय प्रक्रियामा, आइसकेको भने छैन

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको मंगलबार बस्ने बैठकले फ्लोर क्रस गर्ने पार्टीका सांसदहरूसँग माग गरेको स्पष्टीकरणबारे छलफल गर्ने भएको छ।

तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको १० औँ बैठकमा फ्लोर क्रस गरेका पार्टीका २२ जना सांसदहरूसँग माग गरेको स्पष्टीकरणबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रतिनिधि सभामा फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जना सांसदसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो।

२४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको एमालेले अहिलेसम्म एक जनाबाट पनि स्पष्टीकरण नआएको जनाएको छ। ‘स्पष्टीकरण माग गरेको विषय प्रक्रियामै छ,’सचिव तामाङले भने,‘अहिलेसम्म स्पष्टीकरण आइसकेको छैन।’ 

बैठकले विधान अधिवेशनका लागि तयारी कमिटीहरू गठन गर्ने उनले जानकारी दिए। 

५ साउन, २०७८, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।