संवैधानिक इजलास गठनको लफडा सकियो, विघटनको मुद्दामा सुनुवाइ

संवैधानिक इजलास गठनको लफडा सकियो, विघटनको मुद्दामा सुनुवाइ

काठमाडौँ : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलास विवाद सकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट प्रस्ट कुरा आइसकेको भन्दै न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनको विषय नसुन्ने बताए। ‘अब इजलास गठनको विषयमा हामी केही बोल्दैनौ,’उनले भने,‘कतिपय कुरा मौनताबाट पनि बुझ्नु पर्ने हुन्छ, शब्द खर्चनु पर्दैन।’

प्रधानन्यायाधीश राणाले जेठ १४ गते गठन गरेको संवैधानिक इजलासमा प्रश्न उठेपछि आइतबार वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। आइतबारको इजलास गठनमा सरकारी पक्षले प्रश्न उठाएपछि विवाद भएको थियो। 

दुई दिन स्थगित भएर आज बसेको संवैधानिक इजलासमा रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले अहिले बहस गरिरहेका छन्। 

२६ जेठ, २०७८, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।