पाँच बर्सिया बालिका बलात्कारको आरोपमा ७० वर्षका वृद्ध पक्राउ

पाँच बर्सिया बालिका बलात्कारको आरोपमा ७० वर्षका वृद्ध पक्राउ

जुम्ला : पाँच बर्सिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षका वृद्ध पक्राउ परेका छन्। प्रहरीले कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार पक्राउ गरेको हो।  

प्रहरी समाचार कक्षले जानकारी दिए अनुसार बुद्धिमानले ती बालिकालाई बिहीबार बलात्कार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

२० बैशाख, २०७८, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।