दक्षिण कोरियामा रोजगारी : ५ हजार ४ सय कोटा निर्धारण 

दक्षिण कोरियामा रोजगारी  : ५ हजार ४ सय कोटा निर्धारण 

यो संख्या लैजाने भन्दा पनि भाषा र सीप परीक्षा उर्तीणका लागि निर्धारण गरेको वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ। एचआरडीले यो पटक संख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनेकोले यी मध्ये कति जान पाउँछन् अहिलेसम्म टुङ्गो नभएको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए।

सन् २०२१ को जुलाईसम्म १ हजार ६८ जना नेपाली कामदार लैजाने भने पनि त्यसकै टुङ्गो नभएको गौतमले बताए। ‘पुरा वर्षका लागि कोटा तोकेको छैन,’उनले उकेरासँग भने,‘जुलाईसम्म १ हजार ६८ जना लैजाने कोटा तोके पनि अहिलेसम्म टुङ्गो छैन।’ 

दक्षिण कोरियाले नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत लान थालेको हो। कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन। यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषय अहिलेसम्म टुङ्गो नलागेको ईपीएस शाखाका निर्देशक गौतमले जानकारी दिए। 

ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा धेरै नेपाली युवा मध्ये हालसम्म ४० हजार युवा दक्षिण कोरियामा कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ।

३० चैत, २०७७, १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।