सर्वोत्तम सिमेन्टले गर्यो पाँचौ वार्षिक साधारण सभा

सर्वोत्तम सिमेन्टले गर्यो पाँचौ वार्षिक साधारण सभा

काठमाडौं : सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बुधबार रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा  साधारण सभा गरिएको हो।

सभाले लेखापरीक्षणको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आव २०८०/०८१ को लेखापरीक्षणको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभाँस बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यस्तै, संस्थापक सेयरधनी समूहबाट संचालकहरू विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र संचालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको कम्पनीले जनाएको छ। 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा सेयरधनीहरू प्रति आभार प्रकट गर्दै सर्वोत्तम सिमेन्टलाई उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाए।

उनले कम्पनीले हालसम्म ६ करोड, ७२ लाख, ६८ हजार, २१ बोरा सिमेन्ट र २८ लाख, ८६ हजार, १ सय ६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गरेको जानकारी दिए।

१३ बैशाख, २०८१, २०:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।