प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान

प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान

काठमाडौं : सूर्यज्योतिसँग आवद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको छ।

प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन समाग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जाल मार्फत देशव्यापी रूपमा प्रचारप्रसार गर्नुका साथै कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ।

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मान–सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरूप्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरूमाझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीको भनाइ छ।

चालु आर्थिक वर्षमा बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगंज शाखाकी सिर्जना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रडक्ट एम्बास्डरको उपाधि प्राप्त गरे।

प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो अवसरबाट अभिकर्ताहरूले मेचीदेखि महाकालीसम्म रहेका दुर दराजका गाउँ–गाउँमा व्यवसाय वृद्धिमा सहजता हुने विषया आफू विश्वस्त रहेको बताए।

साथै सूर्यज्योतिको प्रोडक्ट एम्बासडरको रूपमा आफूलाई स्थापित गरि आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देशभरि जीवनबीमा क्षेत्रमा सेवा प्रदान गरिरहेका अभिकतालाई धन्यवादसमेत दिए।

१४ बैशाख, २०८१, १२:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।