कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका तीन सय ४९ नेपालीको ज्यान गएको छ। गैर नेपाली सङ्घ स्वास्थ्य समितिका अनुसार ६६  हजार १९ नेपाली सङ्क्रमित भएका छन्।  तीमध्ये  ६३ हजार  ४ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भए। कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९ जना नेपालीको ज्यान गएको छ।

यो साता  कोरोना भाइरसको कारणले विदेशमा कुनै नेपालीले ज्यान गुमाउनु परेन। शनिवार साँझसम्म स्पेन, पोल्यान्ड, चेक रिपब्लिक, जापान, मलेसिया, युएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै  भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। विशेषतः भारत लगायतका युरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखा परेको छ। 

२९ चैत, २०७७, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।