पार्टी एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक छ : प्रचण्ड

पार्टी एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक छ : प्रचण्ड

काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन परेको छ। अदालतमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवेदन दिएका हुन्। 

निवेदन दिएपछि पत्रकारसँग अध्यक्ष प्रचण्डले एमाले र माओवादी ब्युँताउने फैसला राजनीतिक प्रकृतिको भएको भन्दै फैसला पुनरावलोकन गर्न निवेदन दिएको बताए। जुटिसकेको पार्टी फुट्ने रिट निवेदकको आशय नै नभएको रिटमा सर्वोच्चले दिएको फैसला अस्वाभाविक र अप्राकृतिक भएको प्रचण्डले बताए। 

उनले फैसला पुनरावलोकन हुने विश्वास रहेको प्रतिक्रिया दिएका छन्। प्रचण्डसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देवेन्द्र पौडेल, वर्षमान पुन लगायतका नेता अदालत पुगेका थिए। 

एमाले र माओवादी केन्द्रबिच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएर नेकपा नाम राखिएको थियो। नेकपा पहिले नै दर्ता भएको भन्दै ऋषिराम कट्टेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एकीकरण खारेज गरेर नेकपा कट्टेलकै भएको परमादेश जारी गरेको थियो। 

१७ चैत, २०७७, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।